शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • मार्तडीका मासु पसलको अनुगमन

मार्तडीका मासु पसलको अनुगमन

  • आइतवार, अशोज ५, २०७६
मार्तडीका मासु पसलको अनुगमन
मार्तडी बजारमा सञ्चालित मासु पसलहरुको आज अनुगमन फाेटाे प्रकाश सिहं

नन्दा थापा 
मार्तडी बजारमा सञ्चालित मासु पसलहरुको आज अनुगमन गरिएको छ । दशै तथा तिहारको मौकामा धेरै मासु खपत हुने भएपछि दशै तिहार अगावै मासु पसलहरुको अनुगमन गरिएको हो ।
चाडवाडको अवसरमा उपभोक्ताहरुलाई स्वच्छ र सफा मासु उपभोगमा सहज होस् भन्ने उद्देश्यले मासु पसलहरुको अनुगमन गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका बरिष्ठ पशु चिकित्सक डां शंकर पाण्डेयले बताउनु भएको छ । जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मार्तडीमा दर्ता भएका १८ मासु पसलहरु मध्ये एउटा पसल बागमति मासु पसलले मात्र स्थानिय तहबाट ईजाजत पत्र लिएर पसल सञ्चालन गरेको पाईएको सेवा केन्द्रका सिद्धराज जैशीले बताएका छन् ।
आजमात्र दुई वटा दुधडेरी पसल र ११ वटा मासु पसलको अनुगमन गरिएको हो । अनुगमन गरिएका पसलहरुमा कतै पसलहरुको भुई तथा स्ल्यावमा टायलको व्यवस्था नभएको, नियमित सरसफाई नभएको, फोहोर फ्याक्ने उचित व्यवस्था नभएको, एप्रोनको व्यवस्था नभएको पाईको छ ।
साईनबोर्ड र डिप फ्रिज व्यवस्था भने सबै मासु पसलमा पाईएको छ । नापतौल सामाग्री पनि कुनैमा मात्र ईलेक्ट्रोनिक सामाग्री राखिएको पाईएको छ भने कुनैमा भने पुरानो फलामको किलोकाटो राखिएको पाईएको छ । सरकारी तथा गैरसरकारी कार्यलय प्रतिनिधि उद्योग बाणिज्य संघका प्रतिनिधि पत्रकार लगायतको समुहले गरेको अनुगमनका क्रममा मुल्यसुची कुनैपनि पसलहरुमा नराखेको पाईएको छ ।
तुलनात्मक रुपमा केही मासु पसलहरुमा केही सुधार भएको भएपनि कुनै पसलले भने मापदण्ड बिपरित नै पसल सञ्चालन गरिरहेको पाईको छ । पशु सेवा विज्ञ केन्द्र बाजुराका बरिष्ठ पशु चिकित्सक डां शंकर पाण्डेयको नेतृत्वमा गरिएको अनुगमन पछि आगामी दिनमा पनि मासु पसल व्यापारीहरुले सुधार नगरे कानुनी कार्वाही गर्ने चेतावनी दिनुभएको छ । अनुगमन जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्रको वार्षिक कार्यक्रम अन्तर्गतको नियमित कार्यक्रम हो । अनुगमन नियमित भईराख्ने जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्रका सुचना अधिकारी सिद्धराज जैशीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार