शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

  • बिहिबार, अशोज २, २०७६
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
फाइल तस्वीर

मार्तडी असोज २ गते
बाजुराको जगन्नाथ गाउँपालिका वडा नं तीन मोहतीमा रहेको वडा कार्यालयमा गयराति आगजनि गरिएको छ । राति करिव साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताएका छन् । राती घर र छिमेकीहरु गाउँमा मेला हेर्न गएका बेला अज्ञात समुहले आग्जनी गर्नुका साथै कार्यलय तोडफोड गरेको जगन्नाथ गाउँपालिका वडा नं तीनका अध्यक्ष प्रहरी नायव उपरिक्षक भाटले बताए ।
स्थानिय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको घरमा वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको प्रहरीले बताएको छ । गाउँमा मेला लागेकाले सवै घरका सदश्यहरु पनि मेला हेर्न गएको मौका छोपी आगजनि गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । आगजनि पछि कागजपत्रहरु जलेका छन भने कम्प्युटर लगायतका इलेक्टोनिक सामान समेत नष्ट भएका छन । हाल अस्थाई प्रहरी पोष्ट जुड्डीबाट घटना स्थल तर्फ थप घटनाको अनुसन्धानको लागि प्रहरी पठाईको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धवसिहं भाटले बताए
सो स्थानमा टेलिफोन सेवा समेत नहुदा सुरक्षा निकाय र अन्य ठाउँमा समयमै खवर गर्न नसकिएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार