शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गौमुल
  • पहिराेले घर भत्कियाे

पहिराेले घर भत्कियाे

  • सोमवार, भदौ ३०, २०७६
पहिराेले घर भत्कियाे

 बडिमालिका समाचार

बाजुरा ३‍० भदाै । गौमुल गाउँपालिका वडा नम्बर ३ मा घर  पहिरो खसदा एक घर भत्किएको छ ।आईतबार राति अविरल वर्षासंगै घर माथिबाट आएको पहिरोले  गाैमुल गाउपालिकाका ३ का  दिल बहादुर धामीको घर भत्किएको  जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख तथा प्रहरी निरिक्षक जनक ढु‌गानाले जानकारी दिए ।

पहिराेले मानवीय क्षेती केही नभएकाे र  घरमा भएको खाद्यन्न सामाग्री, लत्ता कपडा र भाँडा कुडामा क्षेती भएकाे छिमेकी जनक धामीले बताए ।
पहिराेले घर भत्केकाे भन्न सुचना आएकाे र ईलाका प्रहरी कार्यालय गौमुल घटमुनाबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी पुगेपछि क्षेतिकाे बिवरण आउने प्रहरीले बताए ।

घर भत्केपछि दिलबहादुर धाकीका परिवार छिमेकिकाे घरमा बसेका छन्

चर्चामा

सम्बन्धित समाचार