शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • तरुण दलमा गाईजात्रा : अध्यक्षले महासचिवलाई हटाए, महासचिवले अध्यक्षलाई

तरुण दलमा गाईजात्रा : अध्यक्षले महासचिवलाई हटाए, महासचिवले अध्यक्षलाई

  • आइतवार, भदौ २९, २०७६
तरुण दलमा गाईजात्रा : अध्यक्षले महासचिवलाई हटाए, महासचिवले अध्यक्षलाई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको युवक संगठन तरुण दलमा कुबेलाको गाईजात्रा देखिएको छ। शनिबार अपरान्ह दलका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीमाथि कारवाही गरेको पत्र सार्वजनिक गरे। जसमा शाहीमाथि दलको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख छ । तर बस्नेतले कारवाही गरेको पत्र सार्वजनिक भएको केही घण्टामै महासचिव शाहीले उल्टै बस्नेतलाई नै कारवाही गरेको पत्र सार्वजनिक गरे।

बस्नेतले शाहीमाथि अनुशासनहीन काम गरेको भन्दै कारवाही घोषणा गरेका थिए। तर त्यही आरोपमा शाहीले बस्नेतमाथि काउन्टर कारवाहीको घोषणा गरेका छन्। कांग्रेसले जनजागरणा अभियान चलाइरहेका बेला युवक संगठनका नेताहरू आफु आफुमै लडाइँमा उत्रिएका हुन्। अध्यक्ष बस्नेत र महासचिव शाहीले एक अर्कालालाई पदीय जिम्मेवारीसहित साधारण सदस्यबाट नरहने गरि गरेको कारवाही जग हँसाइको मेलो भएको छ।

दुवैको पत्रमा पदीय मर्यादा, जिम्मेवारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्य गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको अध्यक्ष/महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको उल्लेख छ । तरुण दलमा अध्यक्ष र महासचिवबीचको रडाको छताछुल्ल हुँदा पनि माउ पार्टी कांग्रेस मौन छ। तरुण दलको कार्यकाल सकिन अब २ महिना मात्रै बाँकी छ। नयाँ महाधिवेशनको मुखमा तरूणहरू एकापसमै लड्न थालेपछि कांग्रेसजन मुखामुख गरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार