शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मदिराले मात्तिएका कर्मचारीले प्रहरी माथि हातपात, एकजना प्रहरी घाइते

मदिराले मात्तिएका कर्मचारीले प्रहरी माथि हातपात, एकजना प्रहरी घाइते

  • आइतवार, भदौ २९, २०७६
मदिराले मात्तिएका कर्मचारीले प्रहरी माथि हातपात, एकजना प्रहरी घाइते
प्रहरी माथि हातपात गर्ने कर्मचारीहरु

बडिमालिका नगरपालिका ८ मा लागेको अनन्ते मेलामा मदिराले मात्तिएका कर्मचारीले प्रहरी माथि हातपात गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यलयबाट डिउटीमा खटिएका प्रहरी टोली माथि हातपात गरेर प्रहरी समेत घाइते बनाएका छन् ।
अनन्ते मेला सुरक्षाका लागी खटिएका प्रहरी माथि मदिरा सेवन गरेर पाच जनाले प्रहरी माथि हातपात गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त कार्यलय प्रमुख तथा प्रहरी निरिक्षक जनक ढुंगानाले जनकारी दिए । २८ गते साँझ मेलामा रक्सी खाएर मेला बिथोल्ने र होहल्ला गर्दै आएका राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत्त बोहरा र केशब गिरी सरकारी वकील कार्यलयका कार्यलय सहयोगी हरिशंकर जोशी रहेका छन् । त्यस्तै बडिमालिका नगरपालिमा कार्यरत प्राबिधिक गोरख थापा र मेरिस्टोप सेन्टर नामक गैर सरकारी संस्थामा कार्यरत अनमि धनी थापालाई प्रहरीले नियन्त्रणमा लगेको ढुंगानाले बताए ।
रक्सीले मातेका कर्मचारीलाई नियन्त्रणमा लिन खोज्दा डिउटीमा रहेका प्रहरी माथि जाई लागेर टोली प्रमुख प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दको अनुहार र शरिरमा चोट लागेको छ । अन्य प्रहरी जवानहरुको पनि शरिरमा चोट लागेको प्रहरी निरिक्षक ढुंगानाले जानकारी दिए । घाईते प्रहरी सहायक निरिक्षक चन्दको गालाको दाहीने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएकाले जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले वताए । पक्राउ गरिएका पाच जनामा माथि अनुसन्धान भईरहेको ढुंगानाले बताएका छन् ।
अनत्ते मेलालाई शान्त बनाउनका लागि तिन दिनका लागि मदिरा बन्द गरिएको थियो । बडिमालिका नगरपालिका जिल्लाका सरोकारवालाहरुको बैठक बसेर अनन्ते मेला अबधिभर भदौ २७ गते देखी तीन दिनसम्म रक्सी बेच्न कखान प्रतिबन्द गरीएको निर्णए गरिएको छ । बेच्नेलाई पाच हजार र खाएको भेटाए पच्चिस सय जरीवान तोकोको छ ।

चर्चामा

सम्बन्धित समाचार