• होमपेज
  • बाजुरा बिशेष
  • उच्च रक्त श्राबका कारण सुत्केरीको मृत्यु

उच्च रक्त श्राबका कारण सुत्केरीको मृत्यु

  • बुधबार, भदौ २५, २०७६
उच्च रक्त श्राबका कारण सुत्केरीको मृत्यु

बडिमालिका समाचार
बाजुरा २५ भदौ ।  जिल्ला अस्पताल बाजुरामा उच्च रक्त श्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी सुत्केरी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोरा रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।
मृत्यु भएकी बोहराले दुई बर्ष पहिले जिल्ला अस्पताल बाजुरामै अप्रेसन गरेर बच्चा जन्माएकी थिईन । यो बच्चा जन्माउनु दुई दिन मात्र बाँकी रहेको थियो । यो पटक दुई दिन पहिले नै ब्यथा लागेका बिश्वकर्माले बताए ।
सुत्केरी महिलाको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनका अनुसार बोहराको शरिरबाट अत्याधिक रक्तश्राव भएका कारणले मृत्यु भएको बताएको छ । बोहोरालाई भ्याकुम मार्फत बच्चालाई जन्माउदासम्म सुत्केरी महिलाको अवस्था सामान्य रहेको र एक्कासी उच्च रक्त श्राव भएको डाक्टर महर्जनको भानाइ छ ।
एकाएक सुत्केरी महिला बोहरालाई अत्याधिक रक्तश्राव भएपछि उपचार गर्दागर्दै मृत्यु भएको उपचारमा संलग्न रहेका डाक्टर महर्जन बताउनु हुन्छ ।
भ्याकुम मार्फत सुत्केरी गराएपछि शिशुको मुटुले काम गर्न छोडेकाले शिशुलाई समेत बचाउन नसकेको अर्का उपचारमा संलग्न डाक्टर टिकाराम राईले बताए ।
सुत्केरी महिलाको अवस्था सामान्य भएपनि एकाएक रक्तश्राव भएपनि रगत दिन नपाउदै मृत्यु भएको कार्यलय प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए । रगत बगेपछि रगतको खोजी गरेउ रगत दिने थुप्रै मान्छे आईसकेका थिए । रगत दिन नपाउदै मृत्यु भएको बिश्वकर्माले बताए ।
जिल्ला अस्पताल बाजुरामा १८ दिन अघि भदौ ७ गते बडीमालिका नगरपालिका–७ जिल्लीकी बसन्ती नेपालीको मृत्यु भएको थियो । आधा महिनामा दुई जना सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी महिला नेपालीको उपचारका क्रममा मृत्यु भएको समस्या समाधान भएको १८ दिनपछि पुन अर्को महिलाको मृत्यु भएको छ । यता मृतकका आफन्तले भने मृत्यु बारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार