• होमपेज
  • बुढीगंगा
  • भाईरलका बिरामी बढेपछि बसन्त प्राविमा शिविर संचालन

भाईरलका बिरामी बढेपछि बसन्त प्राविमा शिविर संचालन

  • बुधबार, भदौ २५, २०७६
भाईरलका बिरामी बढेपछि बसन्त प्राविमा शिविर संचालन

पारस रावल
बाजुरा २५ भदौ  ।  गाउमा भाईरलका बिरामीहरु बढेपछि बुढिगंगा नगरपालिका २ र ३ का युवाहरुको पहलमा बसन्त बालमन्दिर आधारभुत बिद्यालयमा शिबिर संचालन गरिएको छ । रुघाखोकी र भाईरल ज्वरोले गर्दा गाउँ नै प्रभावित भएपछि स्वास्थ्य संस्थामा जान नसकेका वृद्दवृदा ,बालबालिका ,र अशक्तलाई बुढीगंगा नगरपालिका वडा नं २÷३ का युवाहरुको पहलमा शिबीर संचालन गररेका छन् ।

शिबीरमा बहमतोला स्वास्थ्य चौकीमा कार्यरत पुष्प जैशी, रुपा जैशी ब्रहमतोला स्वास्थ्य इकाई प्रमुख आशा थापाले प्राविधिक सहयोग गरीरहेको युवा सर्कल थापाले जानकारी दिएका छन । निरन्तर रुपमा १ हप्ता देखी जनतालाई सेवा दिनको लागी गाउँगाउँमा स्वास्थ्यकर्मीको साथमा बुढीगंगा नगरपालिका वडा नं २ र ३ का युवाहरु सक्रिय रुपमा लागी रहेका थापाले बताए । गाउँमै सेवा पाएपछि स्थानिय बासीन्दा खुसी भएका वडा नंं २ का ब्रहमतोला स्वास्थ्य इकाई प्रमुख आशा थापाले जानकारी दिएकी छन । साविक बहमतोला गाविसका सबै वस्तीमा पुगेर जनताकै घरदैलोमा सेवा दिने स्वास्थ्य चौकीका ईन्चार्ज पुष्प गिरील्े बताए ।
यो भन्दा पहिले ब्रहमातोला गाउको ताँप्रामा शिबिर संचालन गरेका थिए, भने भोली नडाङमा गर्ने राकेश थापाले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार