• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा आत्महत्या गर्नेकाे स‌ख्या बढ्दाे तीन वर्षमा ३९ जना

बाजुरामा आत्महत्या गर्नेकाे स‌ख्या बढ्दाे तीन वर्षमा ३९ जना

  • मङ्लबार, भदौ २४, २०७६
बाजुरामा आत्महत्या गर्नेकाे स‌ख्या बढ्दाे तीन वर्षमा ३९ जना
जिल्ला प्रहरी कार्यलका सुचना अधिकारी प्रहरी निरिक्षक जनक ढु‌गाना बाजुरामा आत्महत्या गर्नकाे तथ्याक सार्बजिनक गर्दै ।

पदम सिंह
बाजुरा २४ भदौ । बाजुरा जिल्लामा गएको तीन आर्थिक बर्षमा ३९ जनाले आत्महत्या गरेको छन् । मंगलबार जिल्ला प्रहरी कार्यलयको आयोजनामा विश्व आत्महत्या दिवसको अबसरमा आयोजित कार्यक्रमा जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले सो तथ्याङ्क सार्बजनिक गरेको हो ।
गएको तीन बर्षमा आर्थिक वर्ष ०७३÷०७४ मा १३ जना, ०७४÷०७५ मा १० जना, ०७५÷०७६ मा ११ जना र ०७६÷०७७ को दुई महिनामा ५ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । आत्महत्या गर्नेमा २० जना पुरुष र १९ जना महिला रहेकोमा छन । भने उमेर समुहमा १६ बर्ष देखी ३६ बर्षसम्मका रहेको छन् । आत्महत्या रोकौं उनीहरुको नजिक जाउ र जीवन बचाउ भन्ने मुल नारा लिएर बाजुरामा मंगलबार दिउसो बजार परिक्रमा गर्दै बडिमालिका नगरपालिकाको सभा हलमा दिवस सम्पन्न गरेको प्रहरी जवान उमेश अबस्थिले जानकारी दिए ।
पछिलो समयमा बाजुरामा आत्महत्या गर्नेको संख्या बृद्धि हुदै गएकोले यसको रोकथामको लागी बाजुरा जिल्लाका जनप्रतिनिधि नागरीक समाज पत्रकार प्रहरी राजनैतिक दल लगाएकोको महत्वपूर्ण भूमीका रहेको बताउदै । यसको रोकथामका लागी सबैले आ आफ्नो क्षेत्रकाट लाग्नु कार्यक्रमा सहभागी बक्तहरुको भनाई रहेको थियो ।


आत्महत्या रोक्न बिद्यालय स्तर नागरिक समाजन शिक्षकहरुले महत्वपूर्ण भूमीको रहेकोले उनीहरुलाई जनचेतना जगाउन आवश्यक रहेको बताएका थिए । बाजुरामा आत्महत्याका घटना बढ्दै गएकोले प्रहरीले रोकथामको लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेर बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने बताए ।
बडिमालिका नगरपालिकाको तालिमहलमा संचालन भएको कार्यक्रको अध्यक्षता सामुदायिका सेवा केन्द्रका अध्यक्ष काल्चे दमाईले गरेका थिए । भन्ने प्रमुख अथिति बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रमा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, बाजुरा जिल्ला अस्पतालको निमित्त प्रमुख डा. राहित गिरी, जनप्रतिनिधि,शिक्षक, विद्यार्थि,नागरीक समाजका अगुवा पत्रकार लगाएको उपस्थिति रहेको प्रहरी जवान उमेश अवस्थिले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार