• होमपेज
  • बाजुरा बिशेष
  • कालोपट्टी बाधेर विरोध

कालोपट्टी बाधेर विरोध

  • मङ्लबार, भदौ २४, २०७६
कालोपट्टी बाधेर विरोध

प्रेम रौले
बाजुरा २४ भदौ । बाजुरा सदरमुकाम मार्तडीमा सहकारी मार्फत विगत सात वर्ष देखि संचालन हुदै आएको रेडियो पौरखी गएको शुक्रबार एकाएक विना जानकारी बन्द गरेको प्रति नेपाल प्रेस युनियन बाजुरा शाखा र सम्वद्ध कर्मचारी टाउकोमा कालो पट्टी बाँधेर रेडियो अगाडी धर्नासंगै विरोध कार्यक्रम गरेको छ ।
युनियन बाजुरा शाखाको अगुवाईमा रेडियोमा कार्यरत पत्रकारहरुको पेशागत सुरक्षा ग्यारेन्टी,पारिश्रमिक र पुनस्थापनाको माग राख्दै युनियनले आन्दोलनका कार्यक्रम गर्न थालेको प्रेस युनिय बाजुरा शाखा सचिव प्रशान्तराज जोशीले जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार रेडियोमा कार्यरत पत्रकारहरुलाई निरंकुशाताबादको शैलिमा संचालक समितिले विना जानकारी संचार माध्यम बन्द गर्नु गैर कानुनी कार्य भएको जोशीले बताए ।
संचार माध्यमलाई संचालक समितिले मनपरी रुपमा विना जानकारी गराएको प्रति नेपाल प्रेस युनियनले ध्यानाकर्ष पत्र सहित उनीहरुको पारिश्रमिक,पेशाको सुरक्षाको ग्यारेन्टी र पुनस्थापना गर्न भदौ २२ गते संचालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
विगत सात वर्ष देखि कार्यरत कर्मचारीहरुलाई षडयन्त्र पुर्वक हटाउने नियतले रेडियो बन्द गरेको प्रति युनियनले आपत्ती जनाउदै आन्दोलका कार्यक्रम घोषणा गरेको सचिव जोशीको भनाई रहेको छ ।
कर्मचारीहरुलाई धम्की दिदै विभिन्न आरोप लगाउदै पत्रकारको पेशाललाई आँच आउने गरी कार्य गरेको सात वर्ष देखि काम गर्दै आएका कर्मचारी मान बहादुर ऐडीले गुनासो गरेकाे छ ।
उहाँले मासिक रुपमा पाउने पारिश्रमिक समेत नलिएर दिनरात काम गर्दा पनि समितिले पत्रकारलाइ दुःख दिने नियत राख्दै संचालक समितिले रेडियो बन्द गरेको ऐडीले बताउनु भयो । ऐडी सहित ६ जनाले पेशाको सुरक्षाको ग्यारेन्टी,पारिश्रमिक र पुनःस्थापनाको माग सहित नेपाल पत्रकार महासंघ बाजुरामा उजुरी दिएको महासंघ बाजुराका उपाध्यक्ष निमेन्द्र शाहीले बताउनु भएको छ । उनीहरुको पुनःस्थापना र पेशागत सुरक्षा नभएसम्म महासंघले विभिन्न कार्यक्रम अघि सार्ने बताए।
यता रेडियो संचालक समितिले भने नयाँ कर्मचारी व्यवस्थानि गर्ने भन्दै रेडियोमा तालाबन्दी गरेको जनाएको छ । तालाबन्दी गरेको पाँच दिन पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार