शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • समाज
  • अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

  • शनिबार, भदौ २१, २०७६
अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

अछाम । अछाममा खोालामा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ।

प्रहरीका अनुसार शनिबार बिहान बाख्रा चराउन गएका उनीहरुको खोालामा डुबेर मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार