• होमपेज
  • बाजुरा बिशेष
  • संचालक समितिद्धारा रेडियोमा तालाबन्दी

संचालक समितिद्धारा रेडियोमा तालाबन्दी

कर्मचारी भन्छन्,तलव विना काम गर्दा पनि हटाउने षडयन्त्र भयो

  • शनिबार, भदौ २१, २०७६
संचालक समितिद्धारा रेडियोमा तालाबन्दी

बडिमालिका समाचार

बाजुरा २१ भदौ  । जिल्ला सदरमुकाम मार्तडीमा विगत सात वर्ष देखि संचालन हुदै आएको सामुदायिक रेडियो पौरखीमा शुक्रबार साँझ एकाकएक रेडियो संचालक समितिले तालाबन्दी गरेको छ ।
सहकारी मार्फत संचालन हुदै आएको उक्त रेडियो संचालन भइरहेको बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सह–सचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेको छन् ।
शुक्रबार साँझ ४ बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो संचालन गरिहेका बेला अध्यक्ष र सह सचिवले कर्मचारीलाई दवाव दिदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताएका छन् ।
उनले समितिका अध्यक्ष र सह सचिवले तिमिहरु काम गर्न सक्दैनौ, आजबाट अर्थात शक्रबार देखि रेडियोमा अनिश्चितकाल सम्मका लागि तालाबन्दी गर्छाै भन्दै रेडियोमा ताला लगाएको बताए ।
सहकारीका करिव पाँच सय जना शेयर सदस्यहरुको रकमले संचालनमा ल्याएको उक्त रेडियो एकाएक बन्द भएपनि जिल्लामा निकै चर्चा भएको छ । संचालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रुपमा रेडियो एकाएक बन्द गर्दा जनताका नकारात्कम प्रभाव परेको कर्मचारीहरुले बताएका छन् ।
रेडियोको लामो समयपछिको नयाँ कार्य समिति चयन भएको तीन महिना नवित्न पाउदै समितिले कर्मचारीलाई जानकारी विना बन्द गरेका हुन् ।
सहकारी तथा रेडियो संचालक समितिका अध्यक्ष रामचन्द्र यादवले भने कर्मचारीले रेडियो नियमति रुपमा संचालन गर्न नसकेको र संचालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारीका ल्याउने गरी बन्द गरिएको बताए ।
शुक्रबार बसेको संचालक समितिको निर्णय अनुसार आफु र सह सचिव गएर रेडियोमा ताला लगाएको अध्यक्ष यादवले स्वीकार गरेका छन् ।
कर्मचारीलाई विना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियन बाजुराले आपत्ती जनाएको छ । रेडियोमा नियमित रुपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैर कानुनी भएको प्रेस युनिय बाजुराका सचिव प्रशान्तराज बताए ।
उनले कर्मचारीलाई पुनस्थापना गर्नका लागि युनियनले संचालक समितिसंग आग्रह गरेको सचिव जोशीले जानकारी दिए । कर्मचारीलाई पुनःस्थापना नगरिए थप आन्दोलनका चरण सुरु गर्ने युनियनले चेतावनी दिएको सचिव जोशीको भनाई रहेको छ ।
कर्मचारी भन्छन्,तलव विना काम गर्दा पनि हटाउने षडयन्त्र भयो
पौरखी विकास संचार सहकारी संस्था लि.द्धारा संचालित रेडियो पौरखीमा कार्यरत कर्मचारीहरुले रेडियो एकाएक बन्द गरेर तलव विना काम गर्दागर्दै पनि संचालक समितिलले हटाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
विगत सात वर्ष देखि काम गर्दै आएका प्राविधिक प्रमुख मान बहादुर ऐडीले दुई वर्ष देखि तलव विना काम गर्दा पनि काम नगरेको आरोपमा रेडियो बन्द गर्नु नै आफुलाई हटाउने कुनै उपाय नभएपछि सो कार्य गरेको बताए ।
रेडियोमा कार्यरत पाँच जना कर्मचारी मध्ये चार जना कर्मचारी डेढ वर्ष देखि तलव रकम नबुझेरै काम गरिरहेका छन् । उनीहरु भन्छन्, तलव नलिएर काम गर्दा पनि विभिन्न बाहनामा रेडियो बन्द गर्नु संचालन समितिको मनपरी गरेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार