मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रदेश ७
  • चार थान पेस्तोल र सुनका गहनासहित धनगढीवाट तीन जना पक्राउ

चार थान पेस्तोल र सुनका गहनासहित धनगढीवाट तीन जना पक्राउ

  • बिहिबार, भदौ १९, २०७६
चार थान पेस्तोल र सुनका गहनासहित धनगढीवाट तीन जना पक्राउ

धनगढी । चार थान पेस्तोलसहित धनगढीकाे चटकपुरवाट तीन जनालाइ प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ पक्राउ गरेको हो।

धनगढी वडा नम्वर ६ का सन्जय राणासहित अन्य दुई जना पक्राउ गरेको प्रहरीले अहिले नै विस्तृत जानकारी दिन मानेको छैन्। उनीहरुबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ। बरामद गरिएको सुनको परिणाम भने प्रहरीले खुलाएको छैन्। कोठा भाडामा लिएर बसिरहेका तीनै जनाका बारेमा जानकारी पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्युरोको टोली धनगढी आईपुगेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नायव उपरीक्षक दक्षकुमार बस्नेतले पेस्तोलसहित तीन जना पक्राउ गरेको स्वीकार गरे। यद्दपि घट्नाको बिस्तृत जानकारी भने पत्रकार सम्मेलन मार्फत बाहिर ल्याउने उनले बताए।

चर्चामा

सम्बन्धित समाचार