बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दुई बर्षको बच्चासहित एक महिला बेपत्ता

दुई बर्षको बच्चासहित एक महिला बेपत्ता

  • बुधबार, भदौ १८, २०७६
दुई बर्षको बच्चासहित एक महिला बेपत्ता

बैतडी,१८ भदौ – बैतडीको शिवनाथ गाउँपालिकाकी एक महिला २ बर्षको बच्चासहित १ हप्तादेखि सम्पर्कविहीन भएकी छन् । शिवनाथ गाउँपालिका वडा नं २ खालका शुक्र सिंह साउदकी २९ बर्षीया श्रीमती सुनकेसरी साउद सम्पर्कविहीन अवस्थामा रहेकी छिन् ।
सुनकेसरी यही साउन १२ गते बिहान ६ बजे घरबाटै एक्कासी सम्पर्कविहीन भएकी हुन् । सम्पर्कबिहीन भएकी महिलाको खोजी गरिदिन हुन प्रहरीमा निवेदन दिएको सम्पर्कविहीन महिलाका भान्जा सम्भु सिंह विष्टले जानकारी दिनुभयो । श्रीमतीकोे घरपरिवारसंग र आफूसंगको व्यवहार राम्रै रहेको भएपनि एक्कसी सम्पर्कविहीन हुँदा चिन्ता लागेको भएकी सम्पर्कविहीन महिलाका श्रीमान शुक्र सिंह साँउदले बताउनुभयो । बेलुका संगै सुतेका र सधैजसो बिहानै उठेर घरको काम गर्ने हिडेकी र पछी केही घण्टापछी घरमा नदेखेपछी सम्पर्कविहीन भएको थाहा पाएको उहाँले बताउनुभयो ।
छिमेकी, आफन्त र माइतीमा पनि खबर भइसकेको बताईएको छ । शुक्र र सम्पर्कविहीन महिला सुनकेसरीको वि स २०७१ सालमा मागी विवाह भएको थियो ।
यता प्रहरीले सम्पर्कविहीन महिलाको खोजी कार्यजारी रहेको जनाएको छ । स्थानीय प्रहरी चौकी र सीमा प्रहरीचौकीमा हुलियाहित खबर गरी खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार