• होमपेज
  • समाज
  • तिजको रमाईलो गर्दागर्दै ४ को मृत्यु

तिजको रमाईलो गर्दागर्दै ४ को मृत्यु

  • मङ्लबार, भदौ १७, २०७६
तिजको रमाईलो गर्दागर्दै ४ को मृत्यु

धनगढी । अछाममा तिज कार्यक्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका २ मा सोमबार तिजको कार्यक्रममा नाच्ने क्रममा एक आपसमा झगडा हुँदा स्थानीय लोकेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुर्योदय बालविकासको प्राङ्गणमा तिज कार्यक्रममा ढकारी गाउँपालिका २ का लोकेन्द्र शाही, राजेश शाही, कविन्द्र शाही र तपेन्द्रबहादुर शाहीवीच एक आपसमा विवाद भई झगडा हुँदा लोकेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रहरी जनाएको छ । कुटपिट गर्ने ब्यक्ति फरार रहेको र उनिहरुको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै तिजको अवसरमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जना किसोरीको मंगलबार शव फेला परेको छ । बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा मंगलबार बिहान फेला परेको थियोभने बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको हो ।

कानुनी प्रक्रिया पूरा गरी तीनवटै शव परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् । सुदुरआवाजबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार