सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • गौमुल
  • डर लाग्दो भिरमा सिढिँको साहारामा जोखिम यात्रा

डर लाग्दो भिरमा सिढिँको साहारामा जोखिम यात्रा

बाटो भत्कायो ठेकेदारले तर बनाएन

  • शुक्रबार, भदौ १३, २०७६
डर लाग्दो भिरमा सिढिँको साहारामा जोखिम यात्रा
फाेटाे : आड्रा नेपालमा कार्यरत शुस्मिता परियार र प्रमिला बुडाथाेकी

प्रकाश सिंह
गौमुल गाँउपालिकामा रहेको काल्चेको भिरमा सिढिको साहारामा जोखिम यात्रा गर्नु परेको छ । देख्दा पनि निकै डर लाग्दो भिर त्यसैमा काठको सिढिमा जोखिम यात्रा गर्नु परेको स्थानिय बासिले वताएका छन् ।
काल्चेको भिर गौमुल गाँउपालिका वडा नम्बर ६ र २ को बिचमा पर्ने गर्छ । यो भिरमा आवतजावत गर्दा त त्यसै पनि डर लाग्छ, त्यसैमा काठको सिढि मार्फत आवतजावत गर्दा त्रासपुर्ण वाताबरणमा ओरदोहर गर्नु परेको आड्रा नेपालमा कार्यरत अनमि शुस्मिता परिवारले वताएकि छन् । काठको सिढिमा ओहोरदोहोर गर्दा अलिकति चिप्लीए भने सिधै तल बुढिगंगा नदि खस्ने सम्भाबना रहेको उनले वताईन् ।


यो भिर भएर आवतजावत गर्नु जिल्लामै जोखिम यात्राका रुपमा लिने गरेका छन् । पहिला पनि निकै जोखिममा हुने गरको थियो, सडक निर्माण गर्दा डोजेरले बाटो भत्काएपछि भने निकै जोखिममा रहेको छ । खालि हिडन त निकै जोखिम छ, भारि सँग भने निकै समस्या रहेको गौमुल गाँउपालिका १ का अध्यक्ष बल बहादुर रोकायाले वताएका छन् । यो बाटो भएर गौमुल १, २ र ३ का स्थानिय ओहोरदोहोर गर्ने गरेका छन् । यि तिन बटै वडाका बासिन्दाले गाँउपालिकाको कार्यलय आउन पनि यहि बाटो प्रयोग गर्ने गरेका छन् ।


गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने ठेकेदारको लार्पवाहिले यस्तो भएको बताए । पहिलाको बाटो भत्कीयो ठेकेदारले त्यो भन्दा अगाडि काम बढाएन्, ठेकेदारको कमजोरी रहेको हो, अहिले अस्थायि रुपमा आवतवजावत गर्न सहजताका लागि सिढि निर्माण गरेको उनले बनाए । सडक निर्माण डिबि कन्ट्रशन र सुन्नदा मष्टेश्बरी निर्माण सेवाले काम गरेका थिए । डिबि कन्ट्रशनले सडकको काम गरेको भए यो समस्या नआउने उसको लार्पवाहि रहेको रोकायाले थपे ।
भिरमा सिढिआवतजावत गर्न महिला वालवालिका बयबृद्धलाई झन समस्या भएको छ । आड्रा नेपालमा कार्यरत अनमि प्रर्मिला बुडाथाेकिले भनिन्, आफुहरु त डरै डरले आएको अशक्क्त अपांगलाई निकै सकस हुने वताईन् । गाँउपालिकाकि उपाअध्यक्ष सिता रोकायाले पनि जोखिम यात्रा रहेको स्वीकार गरेकि छन् । गाँउपालिका बाट वडामा सामान लिन पनि समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार