शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम

शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम

  • शुक्रबार, भदौ १३, २०७६
शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम

रमित वि.क.
बाजुरा भाद्र १३
गौमुल गाउँपालिकाले गाउँपालिका भरि रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नेका लागि शिक्षकहरुलाई तालिमको आयोजना गरेको छ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको लागि दक्ष एवम् सक्षम जनशक्ति आवश्यक पर्ने तथा यस्तो जनशक्ति उत्पादन गर्ने मुल स्रोत सार्वजनिक शिक्षा भएका कारण गाउँपालिकाले शिक्षकहरुका लागि तालिमको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनु भएको छ ।
सार्वजनिक शिक्षाको गुणस्तरमा रुपान्तरण मार्फत मुलुकलार्ई आवश्यक पर्ने दक्ष एवम् सक्षम जनशक्ति विकासका लागि नेतृत्व प्रदान गर्नु शिक्षा प्रणालीको मुख्य आधार भएका कारण तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । विगतका नीति तथा कार्यक्रमहरुको निरन्तरताले मात्र सार्वजनिक शिक्षामा रुपान्तरण कठिन रहेको छ ।
तसर्थ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तिनै तहका सरकार, अभिभावक, शिक्षक, व्यवस्थापक, गैरसरकारी संघ संस्था लगायत सम्पूर्ण सरोकारवालाहरूको साथ,सहयोग र सहकार्यमा सुधारका प्रयासहरूलार्ई अघि बढाउन आवश्यक रहेको बताउँदै गाउँपालिकाले यस्तो आयोजना गरेको बताउनु भएको छ ।
बदलिएको परिवेशमा नविन अवधारणा एवम् सिद्धान्त र व्यावहारिक अभ्यासबीच तालमेल मिलार्ई समयानुकुलको नीति तथा कार्यक्रम मार्फत सार्वजनिक विद्यालयको शिक्षा सुधार गर्नेको लागि तालिमको प्रदान गरिएको उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । गाउँपालिकाका आर्थिक सहयोग तथा रातो बङ्गला फाउण्डेशनको प्राविधिक सहयोगमा तालिम काठमाण्डौंमा सुरु भएको थापाले बताउनुभयो ।
तालिमको उद्घाटन माननीय लाल बहादुर थापाले रातो बङ्गला फाउण्डेशनका अध्यक्ष डाक्टर शान्ता दिक्षितको उपस्थितिमा गर्नुभएको छ । तालिममा गाउँपालिकाले नियुतm गरेका १० जना स्वयंमसेवक शिक्षक र अन्य १२ जना गरी २२ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार