शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रमिला थापाकाे ( कबिता) : मेरो गाउँ

प्रमिला थापाकाे ( कबिता) : मेरो गाउँ

  • बिहिबार, भदौ १२, २०७६
प्रमिला थापाकाे ( कबिता) : मेरो गाउँ
प्रमिला थापा

गाउँ बस्ती, बाटा घाटा रुप फेरिएछ
सडक,स्वास्थ बिकासको स्वरुप फेरिएछ ।
अब त मेरो गाउँ, गाउँ रहेनछ
शहर बन्ने दाउमा रहेछ ।।।

लालीगुराँस टिप्दै हिंड्ने
बाटा जति सडक बनेछ्न
गाउँले नाम फेरिएर
गोर्खे गोरख र खड्के खडक बनेछ्न।
हो,
अब त मेरो गाउँ, गाउँ रहेनछ
शहर बन्ने दाउमा रहेछ ।।।

भेटिदैनन सात्या संगी
कोई शहर त कोइ बिदेश पसेछ्न।
गाउँको माया मानी राख्ने
दुई चार जना यतै बसेछ्न ।।।
साच्चै ,
अब मेरो गाउँ त गाउँ रहेनछ
शहर बन्ने दाउमा रहेछ ।।।

हाम्रा गाउँका ताजा कुरा
सबै ओझेल परेछ्न।
तरकारि र फलफूल
तराई देखि पहाड सरेछ्न।।।
हो भने,
अब मेरो गाउँ, त गाउँ रहेनछ
शहर बन्ने दाउमा रहेछ ।।।
प्रमिला थापा
बडिमालिका नगरपालिका ९ बाजुरा

चर्चामा

सम्बन्धित समाचार