बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाढिपहिरोको जोखिमा पुरै बस्ति जोखिम, पुल नहुँदा आवजाजतमा समस्या

बाढिपहिरोको जोखिमा पुरै बस्ति जोखिम, पुल नहुँदा आवजाजतमा समस्या

  • बिहिबार, भदौ १२, २०७६
बाढिपहिरोको जोखिमा पुरै बस्ति जोखिम, पुल नहुँदा आवजाजतमा समस्या

बाजुरा, १२ भदौ
बडिमालिका नगरपालिका ८ मा रहेको गडखेत टोल पुरै बाढि पहिरोको जोखिममा रहेको छ । गाँउ नजिकै रहेको बाउली, र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेको वडा सदस्य नर बहादुर अयडिले वताएका छन् ।नदिले पुरै कटान गरिरहेको छ, जग्गा कटान गरिरहेको छ, अब घर जाने अबस्था रहेको जय अयडिले वताएका छन् । खोलामा बाढि आएको दिनमा कुनै दिन नसुत्ने रातभरी जागाराम बस्ने गरेको उनले वताए ।सधैका बर्षमा बाउलि र खारगाडले जग्गा त कटान गरिरहेको छ, अब कुन दिन घर समेत जाने अबस्थामा रहेका छन् । जग्गा भने गडखेतका बासिन्दा मात्र नभई वडा नम्बर ८ र ९ का धेरै परिवारको पर्ने गरेको छ । जग्गा कटान हुदै गएपछि खाद्य संकट उत्पन्न हुदै गएको र बजारको चामल भर पर्ने गरेको उनिहरुले वताएका छन् ।
सधैका बर्ष नदिले कटान गर्दै आएको भएपनि कतै बाट तडबन्दन नहुँदा र नदिको ब्यबस्थापन नभएको स्थानिय प्रकाश अयडिले वताएका छन् । नगरपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतै बाट पनि वास्ता नभएको स्थानियले वताएका छन् । खारगाडमा झोलुंगे पुल नहुँदा बडिमालिका नगरपालिका ३ का बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । पानि परेको दिनमा खोलामा बाढि आइहाल्छ, बाढि आएपछि आउन जान निकै समस्या हुने गरेको चोयाकोट माबिकी प्रअ दिमा सुब्बाले वताएकि छन् । स्थानिय बासिन्दालाइ घास दाउराका लागि जंगल जान पनि समस्या भएको छ ।
वडा नम्बर ३ बाट नियमित सदरमुकाम मार्तडीा तरकारी, दुध, दाउरा ल्याएर आउने गरेका छन् । खारगाडा नदिमा पुल नहुदा कहिले नदिमा बाट फर्कने गरेको कहिले जोखिम तरिकाले नदि तर्ने गरेको वडा नम्बर ३ का अध्यक्ष बिर बहादुर रावलले वताएका छन् ।पुलका लागि पहल भइरहेको उनले वताए । बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले भनिन्, नदिको कटान र नदिको माथि बाट पहिरो बग्ने भएकाले तलको बस्ति जोखिममा रहेको वताए । जग्गा धेरै कटान भइसकेको छ, समयमै नदि ब्यबस्थापन नगरे बस्तिनै बिस्थापित हुने बिष्टले वताईन् । ब्यबस्थापनका लागि प्रदेश र संघ सँग समन्वय भइरहेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार