मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ४ सय ३६ जना सुत्केरीकाे भत्ता खोइ ?

बाजुरामा ४ सय ३६ जना सुत्केरीकाे भत्ता खोइ ?

  • बुधबार, भदौ ११, २०७६
बाजुरामा ४ सय ३६ जना सुत्केरीकाे भत्ता खोइ ?

बाजुरामा आर्थिक बर्ष ०७५।०७६ मा ४ सय ३६ जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफतको प्रोत्साहन भत्ता पाएका छैनन् । बडिमालिका खबरको खोज रिपोटमा ५ वटा स्थानिय तहका सुत्केरी महिलाले नपाएको बाहिर आएको छ ।
सरकारले संस्थामा सुत्केरी गराए बाफतको ३ हजार र नियमित गर्भजाँचको ८ सय गरि ३ हजार ८ सय दिने अनिवार्य ब्यबस्था छ । तर बाजुरामा ४ सय ३६ जनाले पाएका छैनन् । बुढिन्नदा नगरपालिकामा १ सय ८८ जना, स्वामीकार्तिक खापर गाँउपालिकामा ६७ जना, जगन्नाथ गाँउपालिकामा ७० जना महिलाले प्रोत्साहन भत्ता पाएका छैनन् । त्यस्तै त्रिबेणी नगरपालिकामा ७७ जना र खप्तडछेडेदह गाँउपालिका मा ३० जनाले नपाएको स्थानिय तहले वताएका छन् ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन र गर्भजाँच गराउन प्रेरित गराउनका लागि प्रोत्साहन भत्ताको अनिवार्य ब्यबस्था गरेको हो । सम्बन्धित स्थानिय तहका स्वास्थ्य संयोजकले भने माथि बाट पैशा नदिएको भन्दै आरोप लगाएका छन् । पटक पटक माग गरेको तर नदिएको त्रिबेणी नगरपालिका स्वास्थ्य संयोजक चिरिञ्जीवि शाहले वताएका छन् । स्वामीकार्तिक गाँउपालिका निमित्त कार्यकारी कुबेर शाहिले भने माथि बाट नै कम पैशा आएको वताए । माग गरेको पछि नआएको वताए ।
स्थानिय तहले माथि बाट पैशा कम आएको र माग गर्दा पनि नदिएको बताए पनि तर मन्त्रालयका योजना शाखा प्रमुख सुर्य खड्काले भने यो पनि नगरपालिकाका कर्मचारीको कमजोरी रहेको वताए । हामीले पटक पटक अपुग भए माग गर्न भनेका हौ वास्ता नगरेको वताए । बाजुराको बुढिगंगा नगरपालिका र बडिमालिकाले माग गरेको थियो, त्यहाँ त पठायौ, अरुले नमागेपछि कहाँ बाट दिने खड्काले वताए ।
अर्को स्थानिय तहको कमजोरी र स्वास्थ्य संयोजकको कमजोरी त कसरी हो, भन्ने प्रमाणित हुन्छ । शुदुरपश्चिम सामाजिक तथा प्रदेश मन्त्रालयले असारमा पैशा कम भए माग गर्न स्थानिय तहलाई आग्रह गरेको थियो । तर कसैले माग गरेर पैशा दियौ, त्यति गर्दा पनि २० लाख भन्दा बढि रकम फिर्ता गएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महासाखा प्रमुख दया पन्तले वताए ।
बुढिगंगा नगरपालिकामा बढि भएर ४ लाख फिर्ता नै पठाएको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । त्यस्तै बडिमालिका नगरपालिका र हिमाली गाँउपालिकामा सबैले सुत्केरीले भत्ता पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार