बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • जलश्रोत आयोजनामा सघाउन सघिय सरकारलाई प्रदेश मन्त्री बोहराको आग्रह

जलश्रोत आयोजनामा सघाउन सघिय सरकारलाई प्रदेश मन्त्री बोहराको आग्रह

  • मङ्लबार, भदौ १०, २०७६
जलश्रोत आयोजनामा सघाउन सघिय सरकारलाई प्रदेश मन्त्री बोहराको आग्रह

बडिमालिका समाचार
बाजुरा १० भदौ । प्रदेश मन्त्री बोहराको आग्रह संघिय सरकारका जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुनसंग सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहराले भेट गरेको छ । भेटमा बोहराले सुदुरपच्चिम प्रदेश जलश्रोतकका थुप्रै सम्भावना भएकोले संघिय सरकारले लगानी लगाउनु पर्ने बोहराले भेटमा बताएको छन् ।
संघिय सरकारले पश्चिम् सेति, पन्चेस्वर, कर्णाली, बुढिगण्डकी लगाएतका अन्य थुप्रै े जलविद्युत आयोजनामा सरकारले प्राथमिकतामा राखी उच्च महत्व दिनु पर्ने बताए ।
साथै २० मेघावाटको तल्लो चमेलिया जलविद्युत आयोजना प्रदेश सरकारले गौरबको आयोजनको रुपमा सुदुरपश्चिम प्रदेश सरकारको मन्त्री परिषदको बैठकले निर्णय पारित गरी सकेकोले उक्त आयोजना प्रदेश सरकारको जिम्मा दिन प्रदेश सरकार मन्त्री परिषद बैठकले गरेको निर्णय पत्र हस्तान्तरण गर्दै उक्त अनुरोध गरेको सुदुरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीका निजि सचिव पंकज शाहले जानकारी दिएका छन् ।
संघिय सरकारका जलश्रोत तथा सिचाई  मन्त्री बर्षमान पुनसंगको भेट सकरात्म रहेको र सुदुरपश्चिम प्रदेको सबृद्धका लागी केन्द्रिय सरकार तथा जलश्रोत तथा सिचाईन मन्त्रालयबाट पूर्ण सहयोग हुने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार