बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बर्ष पिच्छे नदिमा काठेपुल, काठेपुल माथि जोखिम यातायात

बर्ष पिच्छे नदिमा काठेपुल, काठेपुल माथि जोखिम यातायात

पहिला पुल निर्माण पछि डिजाइन, स्मेट

  • सोमवार, भदौ ९, २०७६
बर्ष पिच्छे नदिमा काठेपुल, काठेपुल माथि जोखिम यातायात

त्रिवेणी नगरपालिकाले मालागाड नदिमा बर्ष पिच्छे काठेपुल हाल्ने गरेको छ । एक बर्ष एउटा काठेपुल हाल्ने भत्काउने फेरी अर्को हाल्ने गरेको स्थानिय बिर बहादुर अयडिले वताएका छन् ।
दुई बर्ष पहिला मालागाड नदिमा काठेपुल हालेको थियो, त्यो बेला मानिस आवतजावत गर्ने गरि बनाएको थियो । त्यो पनि भत्काएर गएको बर्ष अर्को काठेपुल निर्माण गरेको थियो, त्यसमा मोटरवाइक गुडने बनाएको थियो । यो बर्ष पनि गत बर्षको काठेपुल भत्काएर अर्को काठेपुल निर्माण गरेको छ । अहिले बनेको काठेपुलमा जिप चल्ने गरि बनाएको छ ।
पहिलो बर्ष  ७० हजार खर्च गरेको थियो । दाेस्रो बर्ष ४ लाख ५० हजार खर्च भएको नगरपालिको वताएको छ । अहिले निर्माण भएको पुलको भने डिजाइन, स्मेट केही नभएको खुल्न आएको छ । नगरपालिकाले पहिला काम गर त्यसपछि मुल्याकंनका आधारले पैशा भुक्तानि गर्ने वताएको छ । नगरपालिका ईन्जिनियर नविन साउद भन्छन्, लाइन दिने काम गरेको हो, डिजाइन स्टमेट नगरेको स्वीकार गर्छन्, बिल उठाएर मात्र भुक्तानि गर्ने रहेको वताए ।
करिब १० मिटर लामो काठेपुलमा यातायात सञ्चालन गर्न भने जोखिम हुने प्राबिधिकले वताएका छन् । नगरपालिकाका प्राबिधिक नै भन्छन्, जोखिम त हुन्छ, स्पाइन सानो बनाएकोले ५ टन भन्दा क्षमता कम भएको सवारी साधान सहज रुपमा सञ्चालन हुने वताएका छन् । त्रिबेणी नगरपालिका निमित्त प्रशासकिय अधिकृत खग्रेन्द्र साउदले भने ५ लाख खर्च गर्ने गरि भनेको हो, तर समितिले बढि खर्च भएको भनेको छ, रकम भुक्तानि गर्न बाकि रहेको वताए ।
पुल निर्माण समितिका अध्यक्ष गणेश साउदले भने ५ लाख दिने भनेको हो, त्यो पैशा कम भएको वताए । दुई बर्ष सम्मका लागि भने गाडि गुडनका लागि कुनै जोखिम नहुने दाबि गर्छन् । स्थानियलाई वारपार गर्न असहज भएकाले गाडि गुडने काठको पुल निर्माण गरेको साउदले वताए । साँफे मार्तडी सड्क डिभिजन कार्यलयका ईन्जिनियर दमन बिष्टले भने काठे पुलमा गाडि गुडने निकै जोखिम हुन वताए । मानिस र खच्चर हिड्ने सम्म थिकै हो गाडि गुडने त प्राबिधिक हिसाबले जोखिम हुने वताए, अर्को डिजानमा पनि भर पर्ने वताए । यो दिगोपन हुदैन्, दुर्घटना हुने सम्भाबना बढि हुने उनले थपे ।
त्रिबेणी नगरपालिका स्थानिय तथा बिद्यार्थी नेता चेतन अयडिले बर्ष पिच्छे काठेपुल निर्माण गरेर रकम खर्च गर्ने काम भएको वताए । अर्को काठेपुल माथि यातायात सञ्चालन निकै जोखिम रहेको वताएका छन् । त्रिबेणी नगरपालिकाकी उपमेयर राधिका सुनारले भने तोलि र छताराका बासिन्दालाई यो पुल निर्माण गर्दा आवतजावत गर्दा सहज भएको वताईन् । पुल निर्माण गर्नका अहिले नसकिने भएकाले तत्काल काठेपुल निर्माण गरिएको वताईन् । यो निर्माण भएको काठेपुल मौरे तोलि छतारा सडक खण्डमा पर्ने रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार