शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु

बाजुरा जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु

  • शनिबार, भदौ ७, २०७६
बाजुरा जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु
बाजुरा जिल्ला अस्पताल बाजुरा फोटो पदमबहादुर सिंह

बडिमालिका समाचार
बाजुरा ७ भदौ  । बाजुरा जिल्ला अस्पतलामा एक जना सुत्केरीको मृत्यू भएको छ । बडिमालिका नगरपालिका ७ जिल्लीकी कृष्ण नेपालीकी २१ वर्षिया श्रीमती बसन्ती नेपालीको मृत्यू भएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख रोहीत गिरीले बताए ।
पाठेघर र सालको बिचमा रगत बगेको थियो, बच्चा जन्मीय संगै साल र नाल छुटिनु पर्ने अवस्था नभएर बच्चा नजन्मीदै पेटमै छुटीदा बच्चा पाठेघरमा हुने पनि आमाको रगतसंग मिसिएर मुटु र फोक्सोमा गएर स्वास फेर्ने नलिनै बन्द भएकोले मृत्यू भएको हुन सक्ने जिल्ला अरुपताल बाजुराका एमडिजीपी डाक्टर दुर्गा महर्जनले बताए ।
स्वास्थ्यकर्मीले साउन २६ गते देखी २ गतेसम्म सुत्केरी हुने मिति तोेकेको र दुई गते जिल्ला अस्पताल आएर वाडमा भर्ना हुनुपर्ने भने र पठाएको र वाडमा भर्ना नभएर घर गएको र ढिलो गरी अस्पताल आएकोले यस्तो समस्या आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
शुक्रबार साझ भर्ना गरेर सुत्केरी बेथा नलाए पछि सनीबार विहान बेथा लगाउने औषधिको प्रयोगले बेथा लगाए थियो । बेथा लागेपनि बिचमै रोकीय पछि भ्याकुम डेलिभरी गराएर मृत शिशु जन्माएको थियो । शिशु जन्मेको केही एक घण्टासम्म आमाको अवस्था राम्रो रहेको र एक्कासी स्वास्थ्यमा समस्य आएर मृत्यू भएको निमित्त कार्यलय प्रमुख रोहित गिरीले बताए ।
अस्पतालमा मृत्यु पछि मृत्तका आफन्त प्रेम नेपालीले समस्या यस्तो हुदैछ भनेर समयमै खबर नगरेकोले मृत्यू भएको बताए । समयमै जानकारी गराए अन्य ब्यबस्था गरेर सुबिधासम्मपन ठाउन सकीने थियोकी प्रेमले बताए ।
सुत्केरी महिलासंग छ प्वाईन्ट रगत थियो । दुई वाईन्टको लागी महिलाका आफन्तलाई खवर गरेको थियो । मृत्तक महिलाका आफन्त माईती पक्षका भाई काठमाण्डौबाट नआउन्जेल लास जिल्ला अस्पतालबाट नबुझने बताईएको छ । मृतक महिलाका श्रीमान रोजगारीको लागी कुबेत छन् । भने पाच वर्षका छोरा विचल्लीमा परेका छन् । बाजुरा जिल्ला अस्पतालमा सुत्केरी मरेको यो पहिलो घटना हो ।

चर्चामा

सम्बन्धित समाचार