शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यी कुरा ध्यान दिनु भएन भने ग्याष्ट्रिकले ज्यान लिन्छ

यी कुरा ध्यान दिनु भएन भने ग्याष्ट्रिकले ज्यान लिन्छ

  • शुक्रबार, भदौ ६, २०७६
यी कुरा ध्यान दिनु भएन भने ग्याष्ट्रिकले ज्यान लिन्छ

ग्याष्ट्रिक एउटा साझा रोग हो । नेपालीको त जन्मजात रोग हो पनि भन्ने गरिन्छ । यो प्रायः मानिसलाई हुने सामान्य प्रकृतिको स्वास्थ्य समस्या हो । ग्याष्ट्रिक सामान्य रोग भएपनि ग्याष्ट्रिकका असरहरु भने धेरै छन् । बेलैमा सचेत नभए ग्याष्ट्रिकका कारण अन्य रोग लाग्न सक्छ । र त्यसले नै ज्यान लिनसक्छ ।

ग्याष्ट्रिकको समयमा नै उपचार गरिएन भने यसले गर्दा आन्द्रामा घाउ हुन्छ । ग्यास्ट्रिकको समस्याबाट बच्नका लागि हामीले हाम्रो खानामा बढी ध्यान पुर्याउनु पर्छ । ग्याष्ट्रिक भएका व्यक्तिहरुले नियमित पानी पिउँदा केही राहत मिल्छ । पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । नियमित पानी पिउँदा शरीरमा पानीको सन्तुलन पनि मिल्छ । तर, पानीको नाममा कोक, फेन्टाजस्ता पेय पदार्थले ग्यासलाई बढाएर स्वास्थ्यमा समस्या ल्याउँछ ।
यस्तै अचार, खुर्सानी, घिउ, अमिलो दही नखाने, रातो मासु, तेल र घिउमा तारेको माछा, मासु, पकौडा, समोसा आदि नखाने । अमिलो फलफूल, दूध हालेको चिया, कफी, चकलेट, चना, केराउ,कोक, फ्यान्टा जस्ता कोल्डड्रिक्सहरु बार्नुपर्छ ।

यसको सट्टामा गिलो बनाएको दालभात खाने, हरिया सागसब्जी खाने गर्नुपर्छ । यस्तै कागती पानी पिउँदा ग्याष्ट्रिक भएकाहरुलाई फाइदा हुन्छ । यसैगरी लसुन पानी खाने गर्दा पनि यसबाट बच्न सकिन्छ । ग्याष्ट्रिक भएका व्यक्तिले बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग सेवन गर्दा पनि ग्यास्ट्रिक नियन्त्रण गर्न मद्दत गर्छ । लसुन उच्च रक्तचाप भएकाहरूकालागि पनि फाइदा जनक छ ।

ग्यास्ट्रिकको कारण पेट पोल्न , वाकवाकी आउने, छाती दुख्ने जस्ता समस्या हुने गर्छ । कतिपय खानेकुरा ग्यास्ट्रिक भएको समयमा खाने गरेमा स्वास्थ्यको लागि हानिकारक हुने गर्छ ।

चर्चामा

सम्बन्धित समाचार