सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • हलिउडको सुपरहिरो फिल्ममा प्रियंका

हलिउडको सुपरहिरो फिल्ममा प्रियंका

  • बिहिबार, भदौ ५, २०७६
हलिउडको सुपरहिरो फिल्ममा प्रियंका

आफ्नो एउटा ट्वीटका कारण पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा पाकिस्तानी नेताहरुको आँखाको तारो बनिरहेका बेला उनका प्रशंसकहरुका लागि एउटा खुशीको खबर छ । प्रियंकालाई एउटा ठूलो हलिउड प्रोजेक्ट प्राप्त भएको छ, जो डिजिटल प्लटेर्फम नेटफि्लक्सका लागि निर्माण गरिदैछ । रोबर्ट रोडि्रगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ माप्रियंकाले मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

‘वी क्यान बी हीरोज’ एउटा बालबालिकाहरुको सुपरहिरो फिल्म हो । रोबर्ट रोडि्रगेजले यसअघि स्पाइ किड्स, सिन सिटी तथा एटिला-ब्याटल एञ्जिल जस्ता फिल्महरु निर्देशन गरिसकेका छन् । पछिल्लो समय प्रियंका चोपडा बलिउडमा निकै छाएकी छिन् । प्रियंकाले ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले ‘अ किड लाइक ज्याक’ तथा ‘इज इन्ट इट रोमान्टिक’ मा अभिनय गरिसकेकी छिन् । ‘अ डिक लाइक ज्याक’ फिल्म भारतमा प्रदर्शन भएको थिएन, जबकि ‘इज इन्ट इट रोमान्टिक’ भारतमा नेटफिल्क्समा मात्र प्रदर्शन भएको थियो । तर नेटफिल्क्स ओरिजिनलका लागि प्रियंकाले पहिलो पटक काम गरेकी हुन् । त्यसो त उनको स्पाइ सीरीज ‘क्वान्टिको’ पनि नेटफि्ल्क्समा उपलब्ध छ ।

बलिउडको कुरा गर्ने हो भने प्रियंकाको पछिल्लो फिल्म ‘जय गंगाजल’ हो, जसमा उनले प्रहरी अधिकृतको महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । प्रियंका यसै वर्ष प्रदर्शन भएको सलमान खानको ‘भारत’ मार्फत लामो समयपछि पर्दामा पुनरागमन गर्न लागेकी थिइन्, तर निक जोनससंग विवाह गर्नका लागि उनले उक्त फिल्म छाडिदिएकी थिइन् । उनको स्थानमा कटरिना कैफलाई लिइएको थियो ।

त्यसो त यतिबेला प्रियंका पाकिस्तानी जनताको नजरमा परेकी छिन् । प्रियंकालाई युद्धको समर्थन गरेको आरोप लगाउँदै पाकिस्तानी मन्त्री शिरीन माजरीले संयुक्त राष्ट्र संघको शान्तिका लागि सद्भाव दूतको पदबाट हटाउने माग गरिरहेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार