शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने र युवराज कँडेल पनि पक्राउ

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने र युवराज कँडेल पनि पक्राउ

  • बिहिबार, साउन ३०, २०७६
पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने र युवराज कँडेल पनि पक्राउ

काठमाडौं : नेपाल प्रहरीले टेलिभिजनको कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका लागि रवि र युवराज कँडेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यसअघि आजै उक्त घटनामा मुछिएकी अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो। रवि र युवराजलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो। न्यूज २४ टेलिभिजनको पानी पोखरीस्थित कार्यालयबाट पक्राउ परेका दुवैजनालाई चितवन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लामिछाने र कँडेललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले बताए। दुवैजनामाथि अनुसन्धान अघि बढाउन चितवन लगिएको छ।

चितवन प्रहरी प्रमुखले भने : रविलाई पक्राउ गरी कारवाही अघि बढाउँछौं  पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक  शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की पक्राउ

चर्चामा

सम्बन्धित समाचार