शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • ‘हृदयभरि’ को छायाँकन सुरु

‘हृदयभरि’ को छायाँकन सुरु

  • सोमवार, चैत्र १८, २०७५
‘हृदयभरि’ को छायाँकन सुरु

काठमाडौं– फिल्म ‘हृदय भरी’ को हाल धमाधम छायाँकन भइरहेको छ । गत पुस महिनामा घोषणा भएको फिल्मको ४५ दिनको सेडुलसहित शुक्रबारबाट छायाँकन सुरु भएको हो । उपत्यकाको विभिन्न स्थानमा फिल्मको छायाँकन भइरहेको निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले जानकारी दिए । ‘द भ्वाइस अफ नेपाल’ को स्टुडियो धुम्बाराहीमा ब्युटी प्याजेन्टको सेट तयार गरेर शुक्रबारबाट फिल्मको छायाँकन सुरु गरिएको हो । ‘ब्युटी प्याजेन्टको सिनले फिल्ममा अनेक मोड ल्याउँछ’ छायाँकन भएको सिनको बारे निर्देशक सुब्बाले भने, ‘झन्डै पन्ध्र बढी व्यावसायिक मोडेलका साथमा कलाकारलाई समेत क्याटवाक गराउँदै फिल्मको पहिलो दृश्य खिचिएको छ ।’ दृश्यका लागि एकसाथ ४ क्यामेरा प्रयोग गरिएको उनले जानकारी दिए ।

पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, विके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुष्मान घिमिरे, सुमनश्री लगायतको अभिनय रहने छ ।

यसै फिल्ममार्फत श्रद्धा छेत्री फिल्म अभिनयमा डेब्यु गदैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिएकी मोडल हुन् । एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रालि र दिपिन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपेन्द्र राईले निर्माण गर्न लागेको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।

फिल्ममा सौरभ विश्वास र रुचि विश्वास सहनिर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, अर्जुन पोखरेल, हरि लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविण सिङको कोरियोग्राफी, केदार भुषालको लेखन, विपिन मल्लको सम्पादन रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार