शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन बाजुरामा पनी धुमधाम गरी मनाउदै

आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन बाजुरामा पनी धुमधाम गरी मनाउदै

मन्दिरमा जनै बदल्ने, रक्षाबन्धन गर्ने तथा पुजापाठ गर्नेहरुको घुईचो

  • बिहिबार, साउन ३०, २०७६
आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन बाजुरामा पनी धुमधाम गरी मनाउदै
मन्दिरमा जनै बदल्ने, रक्षाबन्धन गर्ने तथा पुजापाठ गर्नेहरुको घुईचो तस्वीर लक्ष्मीराज पाध्याय

बाजुरा ३० साउन
जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिए संगै बडिमालिका मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड बाजुरा जिल्लाको प्रमुख मन्दिर बडिमालिकामा बिहानै देखी भिडभाड लागेको हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ । परम्परा र हिन्दु सस्ंकार अनुशार मनाइरहेको छन । बिहानै देखी बडिमालिका मन्दीरमा स्थानीयहरुको निकै घुईचो लागेको छ ।
मन्दिर ब्यबास्थापन समितिले ब्यबस्थापन भने गर्न सकिरहेको छैन महिला पुरुषको अलग लाइन भए पनी टासीएर लाइन लाग्नु परेको छ । मन्दिरमा जनै बदल्ने, रक्षाबन्धन गर्ने तथा पुजापाठ गर्नेहरुको घुईचो लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार