बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नेपाल पत्रकार महासंघ सदूरपश्चिम प्रदेश समिति वैद्यनाथ घोषणा पत्रमा के के भए निर्णय हेर्नुहोस सुची सहित

नेपाल पत्रकार महासंघ सदूरपश्चिम प्रदेश समिति वैद्यनाथ घोषणा पत्रमा के के भए निर्णय हेर्नुहोस सुची सहित

  • बुधबार, साउन २९, २०७६
नेपाल पत्रकार महासंघ सदूरपश्चिम प्रदेश समिति वैद्यनाथ घोषणा पत्रमा के के भए निर्णय हेर्नुहोस सुची सहित
नेपाल पत्रकार महासघं सुदुर पश्चिम समितिको बैठक अछामको बैजनाथमा बसेको सामुहिक तस्वीर (चादनी आचार्यको फेशबुकबाट)

बडिमालिका खवर
बाजुरा २९ साउन
नेपाल पत्रकार महासघं सुदुर पश्चिम समितिको बैठक अछामको बैजनाथमा बसेको छ । पत्रकार महासघ सुदुरपश्चिम शाखाले सुदुरपश्चिमका सम्भावना र चुनौतीलाई मध्यनजर गरी नौ ब्दे घोषण पत्र जारी गरेको छ । नेपाल पत्रकार महासघ सुदुरपश्चिम समितिका अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको पत्रकार महासघले बताएको छ । नेपाल पत्रकार महासघको अर्को बैठक भोली बाजुराको त्रिबेणी नगरपालिकाको नाटेश्वरीमा बस्ने श्रोतले बडिमालिका खवरलाई बताएको छ । नेपाल पत्रकार महासघं सुदुरपश्चिम प्रदेश समितिले गरेका निर्णयहरु यस प्रकार रहेका छन्  ।
 नेपाल पत्रकार महासंघ सदूरपश्चिम प्रदेश समितिको पूर्ण बैठक अछाम जिल्लाको वैद्यनाथधाममा २०७६÷०४÷२९ सम्पन्न भयो । प्रदेश समितिका अध्यक्ष श्री अर्जुन शाहज्यूको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषय माथि छलफल गर्दै ९ बँुदे अछाम घोषणापत्र जारी गरेको छ ।
१.तीनवटै तहलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति प्रतिवद्ध रही आम नागरिकको सूचना पाउने अधिकारको ग्यारेन्टी गर्न माग गर्दछौं ।
२. सुदूरपश्चिमका पहाडी जिल्लालाई तराइ(कैलाली) संग जोड्ने हालसम्मको सबैभन्दा छोटो दूरीको सेती लोकमार्ग आर्थिक बर्ष २०६६÷०६७को बजेटमा उच्च प्राथमिकता दिएपनि पछिल्लो समयमा वातावरणीय प्रभाव मूल्यांकनका नाममाढिलाई भैरहेकोले सरकारले प्राथमिकता दिईलोकमार्गको निर्माण गर्न जोडदार माग गर्दछ ।
३. २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजना निर्माण कार्य विस्तृत योजना प्रतिवेदन तयार हुन नसकेर प्रभावित बनेकोले तत्काल निर्माण प्रक्रिया सञ्चालन गर्न सरकार समक्ष माग गर्दछौं ।
४. नेपालकै चार धाम मध्येको एक वैद्यनाथ धाम धार्मिक पौराणिक, पुरातात्विक र साँस्कृतिक रुपमा प्रख्यात रहेको अवगतनै छ । यति हुँदाहुँदै पनि बैद्यनाथ क्षेत्र बर्षेनी बुढीगंगा नदीको कटानमा पर्दै आएकोले यसको उचित संंरक्षणका लागि विस्तृत योजना प्रतिवेदन तयार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौं । साथै वैद्यनाथधाममा सञ्चालित वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेदिक माविमा स्तरवृद्धिका लागि समेत माग गर्दछौँ ।
५. डोटीको सिलगढी देखी अछामको साँफेबगर मंगलसेन सडक स्तरोन्नतीको अभावमा जिर्ण र जोखीमपुर्ण बन्दै गइरहेको छ । यसको स्तरोन्नती र आवश्यक मर्मत सम्भारका लागि संम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।
६.नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण बर्ष मनाइरहेको छ । यसै क्रममा सुदूरपश्चिम तथा अछाम जिल्लाका प्रचुर पर्यटकीय सम्भावना रहेका खप्तड, रामारोशन, वैद्यनाथ, पञ्चदेवल, तितौडा, जिमराडी, बान्नीगढी, सुरैकोट, मालिका लगायतका क्षेत्रको प्रर्बद्धन प्रचार प्रसार तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौं ।
७. बाजुरा क्षेत्रको अमकोटमा पहिरो खस्न गई बुढीगंगा नदी थुनिएर अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर बजार अति जोखीममा रहेको छ । सो ठाउँमा खसेको पहिरो हटाइ जोखिममा रहेको साँफेबगरका जनतालाइ त्रासबाट बचाउन सरकारले कुनै चासो नदेखाएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । उक्त जोखी क्षेत्रलाई जोखीम मुक्त बनाउन संम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदछौं ।
८. धनगढी साँफेबगर हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।
९.साथै नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेशको पुर्णकालिन बैठकको लागि सहयोग गरेकोमा साफेबगर नगरपालिकालाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

चर्चामा

सम्बन्धित समाचार