बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • अन्तराष्ट्रिय युवा दिवसमा बक्तित्वकला

अन्तराष्ट्रिय युवा दिवसमा बक्तित्वकला

  • मङ्लबार, साउन २८, २०७६
अन्तराष्ट्रिय युवा दिवसमा बक्तित्वकला
२० औँ अन्तराष्ट्रिय युवा दिवस मनईएको तस्बीर टंक सिहं

बडिमालिका खवर
बाजुरा २८ साउन । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकामा रहेको तोली देवल सूचना केन्द्र र तोली देवलडाडा माभिको आयोजनामा अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । दिवसमा कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरु विच अन्तर सदनात्मक बक्तित्वकला प्रतियोगीता स‌चालन गरेर दिनवस बनाएको बिद्यालयले जनाएको छ ।
सेभ द चिल्ड्रनको आर्थिक सहयोग र पीसविन बाजुराको सहजी करणमा २० औँ अन्तराष्ट्रिय युवा दिवस मनईएको छ । शिक्षामा रुपान्तरण  उद्यमशिलता र नव प्रर्वतन भन्ने मुल नाराका साथ युवा तथा विद्यार्थीको व्यापक सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । व्यवसायीक युवाउत्पादनमा शिक्षाकोे भूमिका शिर्षकमा कार्यक्रम गरिएको थियो । मावि तहमा अध्ययनरत छात्र छात्राको फरक फरक प्रतिस्पर्धामा जम्ममा ४ जना छात्र र ४ जना छात्राले भाग लिएका थिए ।
कार्यक्रममा विभिन्न नारा लेखिएका प्यलेकार्ड सहित ¥याली निकाल्दै सुरु भएको कार्यक्रम विद्यालय बक्तित्वकला प्रतियोगीता गरेर समापनभएको थियो । यस कार्यक्रममा प्रथम , द्धितिय , तितृय र सान्त्वना हुनु हुने सबै छात्र छात्रालाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कार बक्तित्वकलामा प्रथम हुनेलाई दुई हजार,द्धितियलाई एक हजार पाच सय तृतियलाई एक हजार र शान्तोना हुनेलाई पाच सय बराबरको शैक्षिक सामाग्री प्रदानगरिएको थियो ।


प्रतिस्पर्धि छात्र छात्राहरुमा छात्रतर्फ हेमन्तओझा र छात्रा तर्फ मेलिना कुमारी साउद प्रथम भएका थिए । कार्यक्रमको अध्यक्षता तोली सुचना केन्द्रका अध्यक्ष लोगबहादुर ऐडीले गरेका थिए । कार्यक्रमको संचालन तोली माविका शिक्षक पदम वि.कले गरेका थिए । भने कार्यक्रमको प्रमुखअतिथि त्रिवेणी नगरपालिका वडा ४ का अध्यक्ष कालु साउदले रहेका थिए । कार्यक्रममा करिब एक सय ७० जना युवा तथा विद्यार्थीहरुको उपस्थिती रहेको पीसविन फिल्ड सुपरभाईजर टंकबहादुर सिंहले जानकारी दिएका छन् ।
युवाहरुले व्यवशायीक हुनमा जोड दिनु पन कार्यक्रमका अप्रमुख अतिथि वडा अध्यक्ष कालु साउदले बताए । त्यस्तै कार्यक्रममा बोल्ने बक्तहरुले विद्यालयका आगामी दिनहरुमा विद्यलयमा स्थापना भएको युवा सुचना केन्द्रलाई थप व्यवस्थित र प्रभावकारी ढंगले युुवाहरुको पहुँचमा ल्याउन सबैले लाग्नु पर्ने बताएका छन् । युवाहरु उद्यमीभएमामात्र समुदायले समृद्धिहाँसिलगर्ने बताएको कुरा सुपरभाईजर सिंहले बताए ।

चर्चामा

सम्बन्धित समाचार