• होमपेज
  • समाज
  • ससुरालिमै आएर सासु, सालो र श्रीमतीलाई खुकुरी प्रहार गरि ज्याइँ फरार

ससुरालिमै आएर सासु, सालो र श्रीमतीलाई खुकुरी प्रहार गरि ज्याइँ फरार

  • मङ्लबार, साउन २८, २०७६
ससुरालिमै आएर सासु, सालो र श्रीमतीलाई खुकुरी प्रहार गरि ज्याइँ फरार

अर्घाखाँची – भूमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट सासू, सालो र श्रीमती घाइते भएका छन् । भूमिकास्थान नगरपालिका ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भूमिकास्थान नगरपालिका ८ लम्चीमा ससुराली आएर खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट ४३ वर्षीया भुमकला क्षेत्री, सालो ११ वर्षीय अर्जुन क्षेत्री र श्रीमती १८ वर्षीया गीता घर्ती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाए पछि उनी फरार छन् । घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसके पछि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ ।

बुटवलमा पनि उपचार हुन नसके पछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । पहिले देखि घरमा झगडा हुन थाले पछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् । केही वर्ष पहिलेदेखि श्रीमान श्रीमतीको झगडा हुँदै आएको स्थानीयले बताए । दुई वर्षअघि श्रीमान श्रीमतीको झगडालाई प्रहरी चौकी खिल्जीमा मिलाइएको थियो ।

मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका हुन् । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार