मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सम्पर्क बिहीन गुम्वा गाँउ, आवजावत बन्द

सम्पर्क बिहीन गुम्वा गाँउ, आवजावत बन्द

काठेपुल बगायाे बाटोमा पहिराे खस्दा अन्य समुदाय सँग सम्पर्क बिच्छेद

  • सोमवार, साउन २७, २०७६
सम्पर्क बिहीन गुम्वा गाँउ, आवजावत बन्द
बाजुराको सर्वाधिक दुर्गम हिमाली गाँउपालिका ३ गुम्वा गाँउमा जाने बेला हिउँदको समयमा भिरमा र नदिको किनारमा बनाईएका बाटोहरु । यी बर्षादले बगाएर आवतजावत बन्द भईसकेको छ । प्रकाश सिंह

प्रकाश सिंह
बाजुरा २७ साउन । लगातारको अविरल बर्षाले बाजुराको सर्वाधिक विकट गाँउ गुम्वामा आवतजावत बन्द भएको छ । त्यो सँगै गुम्बागाँउ सम्पर्क विहिन बनेको छ । हिमाली गाँउ पालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाँउमा आवत जावत गर्ने बाटो पहिराले बगाउदा र नदिमा रहेका काठेपुल बगाउदा गाँउनै अन्य समुदायसँग सम्पर्क बिच्छेद बनेको छ । अर्को त्यहाँ कुनै सञ्चार सेवा समेत छैन् ।
सदरमुकाम मार्तडीबाट ४५ कोष टाढा अर्थात पैदल ४ दिन पर्ने बिच्छँयाको गुम्वा गाँउ राज्यले त्यस गाँउका आवतजावत गर्ने पुल र बाटो नबनाउदा सधै बर्षादमा सम्पर्क बिहिन बन्दै आएको स्थानिय छिरिङ धोर्चे लामाले वताए । गुम्वा गाँउमा २५ परिवार बसोवास गर्दै आएका छन् ती सबै परिवार सम्पर्क बिहिन रहेका छन् । त्यो गाँउमा के भयो, के हुदै छ र त्यस गाँउकाले राज्य के गर्दैछ, जिल्लामा के हुदै छ, सबै सुचनाबाट बिमुख रहेका वडा सचिब गौरी कान्त सञ्जालले वताएका छन् । बर्षाद शुरु भएदेखीनै गाँउका कुनै पनि सम्पर्क नआएको र त्यो गाँउ पनि जान नसकिएको सञ्जालले वताए ।


हिउँदमा गुम्वाबाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । गुम्वाबाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन् । ती नदिमा पुल छैन्, हिउँदमा काठेपुलको साहारामा वारपार गर्ने गरेका थिए । बर्षातको बाढीले बगाउदा त्यस गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद हुनुपरेकाे छ ।
कहि कवाडी नदिको किनारा र कही भिरकाे बाटो हिडनु पर्ने हुन्थ्यो । भिरमा पहिराले बाटो अबरोध नदिको किनारको बाटो नदिले बगाएपछि आवतजात पुर्ण रुपमा बन्द भएको बिच्छँयाका अगुवा अम्मलाल बुडथापाले वताएका छन् । फुलीगुम्वा नजिकै भिरमा हिउँदमा त काठ राखेर भिरमा वारपार गर्ने गरेका थिए । त्यहाँबाट खस्यो भने कवाडी नदिमा खस्ने जोखिम हुन्छ, साथै बिच बिचमा घरघोर जंगल भएकाले भालुले आक्रमण गर्ने खतराले पनि आवतजात गर्नमा बन्द भएको स्थानिय जगत लामाले वताए ।
गुम्वा जाने बाटो समेत न सरकारले काटेको छ न पुल बनाईदिएको छ । सरकारबाट त केही अपेक्षा गर्न सकेका छैनौ, सरकार भएको अनुभुति पनि नभएको स्थानियले वताएका छन् । आफुहरुको जिल्लामा पहुँच नभएको र आफुहरुका कुरा कसैले पनि सुनि नदिएको स्थानियले वताएका छन् । वडा सचिब गौरी कान्त सञ्जाले भने आफु पनि गुम्वा निकै बिकट भएकाले अहिले सम्म नगएको स्वीकार गरेका छन् । धेरै टाढा र समस्या छ भनेर सुनेको मात्र छु, त्यहाँ भने आफु नपुगेको वताएका छन् । अर्को गुम्वा गाँउका वालवालिका गर्भवति महिलाको खोप सेवा समेत बन्द भएको छ । बिरामी पर्दा बर्षातका बेला तल झर्न नसक्दा जडिबुटिको भर पर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार