शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • तेस्रो पटक बन्द भयो साँफे मार्तडी सडक

तेस्रो पटक बन्द भयो साँफे मार्तडी सडक

साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो

  • आइतवार, साउन २६, २०७६
तेस्रो पटक बन्द भयो साँफे मार्तडी सडक
साँफे मार्तडी सडक खण्डको अमकोटमा गएको पहिरो । तस्वीर : पदमबहादुर सिंह

पदमबहादुर सिंह
बाजुरा २६ साउन  : लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि असार २६ गतेबाट साउन २६ सम्म तीनपटक बन्द भएको छ । यो भन्दा पहिला केही दिन आंसीकरुपमा बन्द भएपनि हिजो राति गएको पहिरोले ठुलो क्षेति भएको बताईएको छ ।
त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरेपछि सडक भासिएको हो । सडक भासिदा बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवारले घर छोड्नु परेको स्थानीय दीपक खत्रीले बताए । विस्तावित परिवारमा बुढिगंगा नगरपालिका १ का टिकाराम पाध्याय,माीराम पाध्याय,लीलाराम पाध्याय,हिरा पाध्याय, धौल्या पाध्याय, लाल पाध्याय, टिकाराम पाध्याय रहेका छन् । विस्तापीत परिवार मध्य केही परिवारले अघिल्लो बर्ष नै घर छोडेका र केहीले हिजो राति छोडेर छिमेकीको घरमा बसेका खत्रीले बताए ।
सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए ।


पहिराले बार्जुगाड, गुईगाड खोलाको पुल नजिकै,बल्दे,अम्कोट,तिपाडा,पानिनाउला लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको बताए छन् ।
सनीबार राति देखी आएको वर्षाले द्धारीमा पहिरो गएपछि लामो तथा छोटो दुरीका यातायातका साधनहरु बल्दे बजार भन्दा माथि आउन नसकेको यात्रु हिरा रावतले बताएका छन् । सडक अविरल वर्षाका कारण अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताउनु भयो ।अवरुद्ध सडक संचालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खवर गरी कार्यालय गरको बताए ।
बन्द सडकलाई खुलाउन सडक डिभिजन कार्यलय साफेबाट ईन्जिनियरको टोली पुगेको छ । भासिएको सडकमा यातायत संचालन गर्न अप्ठेरा भएकोले नया एलामेन्ट बदल्नु पने र बदल्नु पर्ने एलामेन्टमा स्थानीयका घरपर्ने भएकोले घर भत्काउनु पर्ने सडक डिभिजन कार्यलय साफेबगरका ईन्जिनियर दमन विष्टले बताए । घर भत्काउन बाजुराका प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवाला निकायसंग छलफल गर्नु पर्ने भएकोले छलफलको लागी सिडियोलाई खवर गरिसकोको विष्टले बताए । घर भत्काएर बनाउन आदेश आए रातरात सडकको ट्रया खुलाउन तयार रहेको बताए ।
कोल्टि मार्तडी सडक दुई महिना देखी बन्द
जिल्लाको उत्तरी क्षेत्र जोड्ने मार्तडी कोल्टि सडक दुई महिना देखी बन्द भएको छ । सडक बन्द हुदा बाजुराका चार स्थानीय तह बुढिनन्नदा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर गाउपालिका,हिमाली गाउपालिका र छिमेकी जिल्ला हुम्ला,मुगु कालिकोटका स्थानीयलाई सास्थी भएको छ ।
हिउदमा सडक सुचारु भएको समयमा स्थापना गरेका बाजरा पसलहरुमा सामानको मुल्य आसिएको छ । प्रत्यक सामानमा १० देखी २० रुपैया मुलय बढाएर समान विक्री भईरहेको बुढिनन्दा नगरपालिका प्रदिपराज जोहीले बताए । व्यापारीहरुले सकड बन्द भएको दुई महिना भयो याताया चन्दैनन समाना भरियार खच्चडद्धारा ढुावनी गर्नु पर्ने भएकोले ढुवानी भाडानै महगो भएकोले समानको मूल्य बढेको व्यापारीहरुले बताउने गरेका छन् । २०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टि सडक निर्माण भएको २० बर्ष सम्म पनि पुरा हुन सकेको छैन् । ३५ करोड भन्दा बढी खर्च भईकेको बताईएको छ ।
ग्रामीण सडक सवै भन्द
जिल्लाको पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी, कोल्टी सडक र अत्या ग्रामीण सडकहरु अबरुद्ध भएका छन् । ग्रामीण सडक अबरुद्ध भएको दुई महिना भईसकेको खप्तड छेडेदह गाउपालिका २ का स्थानिय सुन्त लुहारले बताएका छन् । पानि आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी, घटमुना बल्दे आटिचौर हुदै बझाङ जोड्ने सडक, डाब बजार खप्तड पर्यटन सडक,बाम्का त्रिबेणी सडक समेत अवरुद्ध बनेका छन् सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीयहरुले वर्षा याममा पैदल यात्रा गर्न बाध्य हुने गरेका छन् । जथाभावी रुपमा खनिएका सडकहरुले जिल्लामा पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्यांकमा रहेको छ ।
प्राविधिक रुपमा चेकजाँच नै नगरी काटिएका सडकहरुले पहिरो निम्त्याउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् । सडकहरु भएपछि लामो तथा छोटो दुरीका सवारीका साधन बन्द भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार