शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • फेरि बढ्यो वर्षा, बाढीपहिरोबाट बच्न मौसम महाशाखाको आग्रह

फेरि बढ्यो वर्षा, बाढीपहिरोबाट बच्न मौसम महाशाखाको आग्रह

  • आइतवार, साउन २६, २०७६
फेरि बढ्यो वर्षा, बाढीपहिरोबाट बच्न मौसम महाशाखाको आग्रह

काठमाडौं, साउन २६ । मनसुनी न्यून चापीय रेखा दक्षिण भारतबाट फेरि बिस्तारै उत्तर नेपालतर्फ सर्न थालेकाले भारी वर्षा हुने क्रम बढेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले देशभर मौसम बदली भएको छ भने मध्य क्षेत्रका पहाड र तराई तथा पश्चिम क्षेत्रका पहाडी भेगमा अहिले पानी परिरहेको छ।

देशका १/२ स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ। देशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जसले गर्दा चुरेबाट बहने नदीमा पानीको कहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरू सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।-नेपाल खबर

चर्चामा

सम्बन्धित समाचार