• होमपेज
  • विचित्र संसार
  • यस्तो देश जहाँ एक वर्षमा २२ जना पुरुष सुत्केरी भए

यस्तो देश जहाँ एक वर्षमा २२ जना पुरुष सुत्केरी भए

  • आइतवार, साउन २६, २०७६
यस्तो देश जहाँ एक वर्षमा २२ जना पुरुष सुत्केरी भए

महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा भएन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए । अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु समलिंगी पुरुष रहेको पनि बताइएको छ ।

तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वज्निक भएको थियो ।

त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो ।

तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् ।

उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार