बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका तिर्थयात्रा सरकारी टोलीको तयारी पुरा

बडिमालिका तिर्थयात्रा सरकारी टोलीको तयारी पुरा

  • शनिबार, साउन २५, २०७६
बडिमालिका तिर्थयात्रा सरकारी टोलीको तयारी पुरा
सुन्दरताले भरीपुर्ण बाजुराको बुढिनन्दा तालको उचाइ ४ हजार ५सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो ताल । फाइल तस्वीर

लक्ष्मीराज पाध्याय
बाजुरा २५ साउन
प्रसिद्ध धार्मिक स्थल बडीमालिका तीर्थयात्रा शनिबारदेखि विधिवत् सुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ ।
समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न सात दिनको पैदल यात्रामा हजारौ भक्तालुहरु यात्रामा निस्कीएको छ । झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह गर्दैनन् । १४ हजार फीट उचाईमा बडिमालिकाको यात्रालाई धार्मीक रुपमा महत्वपुर्ण मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट भुलिने बडिमालिका नगरपालिकाका प्रमुख पदम बड्वालले बताए ।
बडीमालिकामा बुधबार अर्थात श्रावण २९ गते मूलपूजा गर्न मेला लाग्दैछ । जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँ स्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार शनिबार बडीमालिका जान तयारी पुरा भएको र आइतबार बिहान नौ बजे प्रमुख जिल्ला अधिकारी गंगा प्रशाद न्यौपानेको नृतित्वमा जाने भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेको बाजुराका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै रहेको छ । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानहरूमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । सोही मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ २ दिन अघिदेखी हिड्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए ।
बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाया अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो ।
मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् । करिब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्यहाँ बडिमालिका नगरपालिका वडा न ९ का बिर बहादुर बिष्टले बताए ।
बर्षनी बाजुरा जिल्लाले बडिमालिका जाने तिर्थयात्रुका लागी सुरक्षा ब्यावस्थापन गदै आएको छ । सधैको जसरी यस बर्ष पनि बाजुरा प्रशासन कार्यालयले सुरक्षा टोली शनिबार नै बडीमालिका गइसकेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटका अनुसार सुरक्षाका लागि सबै प्रवन्ध मिलाउन एसएस्पी डवल बहादुर बागटी र आफ्नो कमाण्डमा प्रहरीको टोली त्यसतर्फ गईसकेको बताए । मेला अवधि भर मदिरा निशेष गरिएको छ विषेश सुरक्षा टोली परिचालित हुने भएको प्रहरी नायव उपरिक्षक भाटले बताए । बीचबाटोमा बास बस्ने र दर्शनगर्न जाने दर्शनार्थीले आपत परेको अवस्थामा जुनसुकै बेला पनि प्रहरीलाई खबर गर्न सकिनेछ । जिल्ला प्रशासन बाजुरा र अरु सरकारी कार्यालयको टोली भोली (आइतबार) बडीमालिका तिर्थयात्रा सुरु गर्ने बताएको छ ।
बाटोमा आबस्यक चर्पीको ब्यबस्थापनको जिम्मेवारी बडिमालिका नगरपालिकाले लिएको नगर प्रमुख पदम बडुवालले बताए । हिड्ने बाटो देखी बडिमालिका मन्दिरसम्म ३० ओटा अस्थाइ चर्पी निर्माणका लागी ३ दिन अगाडी नै प्राबिधिक सहित कामदाहरु पठाइसकेको नगरप्रमुख बडुवालले बताएका छन् ।

देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । बडीमालिका माईको दर्शनका लागी विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट तिथार्लु पुग्ने गर्दछन् ।
काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । बडीमालिका माइको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ । जनैपुणिर्माका दिने गरिने पूजाका लागि १५ दिन अघि देखी नै तयारी गर्ने चलन छ ।
बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । बाजुरा जिल्लाका महत्वपुर्ण धार्मिक स्थल बुढिनन्दा नगरपालिकामा रहेको बुढिनन्दा, बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकामा रहेको बडिमालिका र नाटेश्वरी, जुकोटको स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिकामा रहेको बडालेख लगाएतका धार्मीक पिठमा साउन पुर्णिमाको दिन एकै दिन पुजाआजा हुने भएकोले श्रदालुभक्तजन त्यस ठाउतिर प्रश्थान भइसकेका छन । धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिबेणि, कालाजग्रा गुफा ताल, दउने ताल लगाएतका तालहरु अस्तित्व संरक्षणको अभाबमा भए पनी प्राकृतीक सौन्दरता भने हराएको छैन । बाजुराको बुढिनन्दामा धामीक आस्था संगै सुन्दरताले भरीपुर्ण रही आएको छ । बुढिनन्नदा थपनको संगै चट्टानै चट्टानको बिचमा ठुलो ताल छ यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनी छन । मुख्य तालको उचाइ ४ हजार ५सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो ताल हो

फाइल तस्वीर

चर्चामा

सम्बन्धित समाचार