शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ‘कला, संस्कृतिको संरक्षण आवश्यक’ – खानेपानीमन्त्री मगर

‘कला, संस्कृतिको संरक्षण आवश्यक’ – खानेपानीमन्त्री मगर

  • मङ्लबार, चैत्र १२, २०७५
‘कला, संस्कृतिको संरक्षण आवश्यक’ – खानेपानीमन्त्री मगर

खानेपानीमन्त्री बिना मगरले कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायको कला, संस्कृति र भेषभुषाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगा जाँइमा सोमबार आयोजित राना थारु होली मिलन कार्यक्रमममा उनले थारु संस्कृति र विविधताको संरक्षणका लागि अभियान नै चलाएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन । ‘राना थारुको कला, संस्कृति र संस्कारको संरक्षणका लागि स्थानीय तहदेखि सङ्घीय सरकार पनि लाग्नेछ’, उनले भनिन्–‘यहाँको विकासका लागि योजनासहित जनताको घरदैलोमा आउने योजनामा छु ।’
गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले लालझाडीको विकासका लागि मन्त्रीमगर समक्ष दश सुत्रिय लिखित मागसहितको ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रममा करीब आधा दर्जन बढी राना थारु गाउँबाट आएका स्थानीय कलाकारले होली नृत्य प्रस्तुत गरेका थिए । होली मिलन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सत्तारुढ दलका प्रमुख सचेतक तारालामा तामाङ, प्रदेशसभा सदस्य श्यामलाल रानालगायतको सहभागिता थियो ।

चर्चामा

सम्बन्धित समाचार