बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सामाजिक सञ्चाल पहिलो चूनौती : शाह

सामाजिक सञ्चाल पहिलो चूनौती : शाह

साइबर क्राइमबारे सचेतना

  • बिहिबार, साउन २३, २०७६
सामाजिक सञ्चाल पहिलो चूनौती : शाह
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह

बाजुरा, साउन २३
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मार्तडीमा साइबर क्राइम सम्बन्धी सचेतना गोष्ठी सञ्चालन गरिएको छ । प्रविधिको विकाससँगै व्यापक प्रयोग हुँदै आएको सामाजिक सञ्जालको प्रयोग र सावधानी बारे जानकारी दिन गोष्ठी सञ्चालन गरिएको हो ।
सामाजिक सञ्जाल प्रयोग गर्दा सर्वसाधारण अपनाउनु पर्ने संयमता र सावधानी बारे सचेत पार्न र कानुनी प्रावधान बारे आम नागरिकलाई जानकारी दिन जिल्ला स्तरीय सरोकारवाला सम्मेलित गोष्ठी सञ्चालन गरिएको मन्त्रालयले बताएको छ ।
विद्युतीय ऐनसँग सम्बन्धीत अपराधको मात्रा बढेसँगै मन्त्रालयले आम नागरिकलाई सचेतना दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहका नीजि सचिव विष्णु प्रसाद जैशीले बताएका छन् । मन्त्री शाह कार्यक्रमको प्रमुख अतिथि थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट, सरकारी वकिल धर्मराज जैशीले अपराधका किसीम, साइबर क्राइमले पार्ने असर, सामाजिक सञ्जालको प्रयोग बारे जानकारी गराएका हुन् । जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, सञ्चार माध्यम स्थानीय तहका जनप्रतिनिधी सहीत कार्यक्रममा सहभागि थिए ।
सामाजिक सञ्जाल प्रयोगकै कारण हुने अपराध र व्यक्तिगत संस्थागत मानमर्दनको विषयलाई बिशेष ख्याल गर्नु पर्ने, अश्लिल फोटा, संवाद र परिचय खुल्ने कुनै गतिविधी गर्न नहुने र सामाजिक सञ्जालको निवी पार्सपोड कसैलाई दिन राम्रो नहुने सुझाव प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले दिएका छन् ।
युवा पीडिका लागि बढी चुनौति बनेकोले सबै सामाजिक प्रयोग कर्ता बढी सचेत हुन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सामाजिक सञ्जाल पहिलो चुनौती बनेको बताएका छन् ।
विना उत्पादनको समय आरोप प्रत्यारोपमा खर्च गर्नु राम्रो नहुने सुझाव मन्त्री शाहको छ । उनले फरक प्रसंगमा जिल्लामा विकासका लागि थुप्रो बजेट आएको बताएका छन् । ६ करोड बढी बजेट रहेको दुई वटा प्रदेश गौरवका योजना विनियोजन गरिएको बताएका छन् ।
मन्त्री शाहले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको प्रयोगमा पत्रकार बढी संवेदनशिल हुनु पर्ने बताएका छन् । प्रदेश सरकारले गरेका राम्रा कामको वास्ता नगरिएको र नराम्रा कुरालाई मात्र प्रचारमा ल्याउन राम्रो नभएको बताएका छन् । बडिमालिका नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमको सञ्चालन मन्त्रीका प्रमुख स्वकीय सचिव जंग विकले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार