शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • ‘थरुहट प्रदेशका लागि पुनः थरुहट आन्दोलन हुन्छ’- लक्ष्मण थारु

‘थरुहट प्रदेशका लागि पुनः थरुहट आन्दोलन हुन्छ’- लक्ष्मण थारु

  • आइतवार, चैत्र २४, २०७५
‘थरुहट प्रदेशका लागि पुनः थरुहट आन्दोलन हुन्छ’- लक्ष्मण थारु

दाङ – टिकापुर घटनामा संलग्न रहेको आरोप लागी जेलबाट छुटेका थारु नेता लक्ष्मण थारुले आफ्नो अधिकार प्राप्तीको लागी पुनः थरुहट आन्दोलन गर्ने बताएका छन् । जेलबाट छुटेपछि थारु नेता तथा कार्यकर्ताहरुसंगको भेटघाटलाई तिब्र बनाएका नेता थारुले थरुहट आन्दोलनलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा अघि बढाउने घोषणा गरे ।

थरुहट आन्दोलन राजनीतिक आन्दोलन रहेको बताउदै उनले अव हुने आन्दोलन पनि अधिकार प्राप्तीको लागी राजनीतिक आन्दोलन शान्तीपूर्ण हुने बताए । चितवन देखी कञ्चनपुर सम्मको क्षेत्रलाई थरुहट प्रदेश बनाउने गरी संविधान संशोधन गर्न दवाव दिने उनले बताए । आन्दोलनको तयारी स्वरुप थारु बाहुल्य क्षेत्रमा पुगिरहेको नेता थारुले अव हुने आन्दोलनमा थरुहट प्रदेश बनाउन माग गरिने बताए ।

०७२ साल भदौ ७ गते टिकापुरमा भएको घटनाको प्रतिवेदन सार्वजनिक गर्न उनले माग गरेका छन् । टिकापुरमा घटना हुँदा म दाङको देउखुरीमा रहेको थियो उनले भने – ‘टिकापुर घटनाका बास्तविक दोषी पत्ता लगाएर कानुनी कारवाही गर्न माग गर्दछु ।’ उनले थरुहट आन्दोलन राजनीतिक आन्दोलन भएकाले यसको समाधान पनि राजनीतिक रुपमा समाधान गर्नुपर्ने माग गरे । यस्तै उनले जिल्ला अदालतको फैसलालाई सम्मान गर्दै न्यायको लागी पुनः पुनारावेदन गरिने बताए ।

चर्चामा

सम्बन्धित समाचार