• होमपेज
  • विचित्र संसार
  • किसानको अनौठो काइदा, खेतबारीमा विषादी होइन रक्सी

किसानको अनौठो काइदा, खेतबारीमा विषादी होइन रक्सी

  • बुधबार, साउन २२, २०७६
किसानको अनौठो काइदा, खेतबारीमा विषादी होइन रक्सी

भारतको हरियानाका किसानहरुले एउटा अनौठो तथा नौलो प्रयोग सुरु गरेका छन् । त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि निकै रोचक उपाय अपनाएका छन् । किसानहरुले बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेका छन् । पानीमा मिलाएर बालीनालीमा रक्सी छर्किने यो विधि अनौठो त छँदैछ, यो विधि कति सफल होला ? त्यो पनि हेर्न बाँकी नै छ । तथापि किसानहरु भने बालीनालीलाई मदिरा शेचन गर्ने विधि निकै सफल हुने विश्वासमा छन् । कृषि वैज्ञानिकहरुले भने यस्तो विधिलाई किसानहरुको भ्रम भनेका छन् । बालीनालीमा रक्सी छर्किनाले कुनैपनि किटाणु नमर्ने उनीहरुको भनाई छ । किसानहरुलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न उनीहरुले आग्रह गरेका छन् किसानहरु भने खर्च कम हुने, उत्पादन बढ्ने, विषादी रहित स्वच्छ खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै रक्सी छर्किने विधिको जोडतोडका साथ प्रयोग गरिरहेका छन् । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार