शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • प्रदेश २
  • प्रदेश लोकसेवा विधेयक पारित

प्रदेश लोकसेवा विधेयक पारित

  • बुधबार, साउन २२, २०७६
प्रदेश लोकसेवा विधेयक पारित

जनकपुरधाम । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगसम्बधी विधेयक पास गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित गरेको हो । यो विधेयक पारित भएसँगै अब प्रदेश २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । १२ जेठमा टेबल भएको विधेयक प्रदेशसभामा पेश भएपछि सैद्वान्तिक छलफल भई चार सांसद रहेको विशेष समितिमा पठाइएको थियो । सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव र गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताएका छन् ।

मंगलबारको प्रदेशसभा बैठकमा बोल्दै सांसद साहले साउनमा मात्रै पाँच पटक बैठक बसेको र मंगलबार बिहान बसेको समिति बैठकले पारित गर्ने निर्णय गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार