बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बेपत्ता बालिकाको शब कर्णालीको किनारमा २ महिना पछि भेटियो

बेपत्ता बालिकाको शब कर्णालीको किनारमा २ महिना पछि भेटियो

  • आइतवार, साउन १९, २०७६
बेपत्ता बालिकाको शब कर्णालीको किनारमा २ महिना पछि भेटियो

साउन, १८ बाजुरा
बाजुराको हिमाली गाउँपालिका १ बस्ने १६ बर्षिया छोरी बासमति भण्डारीको दुई महिना पछि कर्णालीको किनारमा शब भेटिएको छ । बासमतिको हिमाली गाँउपालिका ६ मा रहेको कर्णाली किनारमा शब भेटिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपि उद्धब सिंह भाटले वताएका छन् । उनको लुगा र अन्य कागजपत्रका आधारमा उनको शब भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको शब शनिवार भेटाएका थिए । उक्क्त शब कोल्टि प्रथामिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आइतबार आफन्तको जिम्मा लगाईएको प्रहरीले वताएको छ । उनको मृत्युको खास कारण केही पत्ता नलागेपनि प्रहरीले भने आत्महत्या गरेको हुन सक्ने बताएको छ । उनको कल डिटिले र म्यासेजका आधारले आत्महत्या भएको हुन सक्ने प्रहरी प्रमुख भाटले वताए । प्रहरी र स्थानियले खोजि कार्य गर्दै आएका थिए ।
गत जेठ ७ गते हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता खेल्न आएकी भण्डारी बेपत्ता भएकि थिइन् । वडा नं एकको विच्छ्या माविमा कक्षा नौ मा अध्ययनरत भण्डारी सटफूट खेल खेल्नका लागि गाउँपालिकाको केन्द्र धुलाचौर आएकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार