शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ५
  • अज्ञात समूहद्धारा गाउँपालिकाकाे वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्धारा गाउँपालिकाकाे वडा कार्यालयमा आगजनी

  • मङ्लबार, साउन ७, २०७६
अज्ञात समूहद्धारा गाउँपालिकाकाे वडा कार्यालयमा आगजनी

डोटी ७ साउन । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ । सोमबार राती अन्दाजी १२ बजेको समूहमा अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जोरायल इलाका प्रहरी कार्यालयका प्रमूख सई महेन्द्र थापाले जानकारी दिए ।

आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचर सहित वडाको छाना समेत जलेर नष्ट भएको वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिए । त्यसैगरी वडा सचिवको कार्यकक्ष रहेको कोठामा भएका कागजातहरु पनि पूर्ण रुपमा जलेर नष्ट भएको र केहि फर्निचर मात्रै बाँकी रहेको पनि वडा अध्यक्ष भट्टले जानकारी दिए ।

दलालहरु होसियार, भ्रष्टचारी खबरदार, साङ्लो फिलिम चाहिंदैन, भ्रष्टाचार गर्न पाईंदैन, दुर्गा ओझा (जोरायल गाउँपालिका अध्यक्ष) मुर्दावाद, जोराईले जनता जिन्दावाद, जनताको एकता जिन्दावाद, जोरायले युवा एक हौं लगाएतका नाराहरु रहेको हस्त लिखित पर्चा घटना स्थलमा भेटिएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा सोमबार दिउँसो विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता देखिएको भन्ने सुन्नमा आएकाले आगजनी पनि उनिहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार