शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पहिरोले दलित बस्ती जोखिममा

पहिरोले दलित बस्ती जोखिममा

  • सोमवार, साउन ६, २०७६
पहिरोले दलित बस्ती जोखिममा

प्रेम रौले

बाजुरा ६साउन । लगातारको वर्षाका कारण जिल्लाका अधिकांश बस्तीहरु पहिरोकोउच्च जोखिममा रहेको छन् ।
जथाभावी रुपमा काटिएका सडकका कारण धेरैजसो स्थानीय तहका बस्तीहरु जोखिममा बन्दै गएका हुन् । कतै बस्तीको बीचमा र कतै तल कतै माथिबाट सडक खनिएपछि बस्तीहरु पहिरोको जोखिम मोल्दै आएका छन् ।
पहिरोको जोखिममा रहेका बस्तीका स्थानीयहरु पानी आएका बेला रातभर जागराम बस्ने गरेका छन् । पानी आएपछि पहिरो आउने डरले बालबच्चा सहित काखमा च्यापेर नसुतेरै उज्यालो देख्ने गरेको जोखिम बस्तीका स्थानीयको दुखेसो छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका–७ सेरकाटियाको दलित बस्ती सडक काटिएको ठाउँबाट पहिरो जान थालेपछि बस्ती नै जोखिम भएको स्थानीय दत्त वि.क.ले बताएका छन् ।
मार्तडी–कोल्टी सडकमा पर्ने उक्त बस्ती माथि भएपनि तलबाट पहिरो जान थालेकाले सेरकाटियाका ४५ दलित परिवारको घर नै जोखिममा रहेको स्थानीय जय बहादुर वि.कले बताए ।
जोखिममा रहेका बस्तीका ४५ परिवारले नगरपालिकालाई बस्नका लागि राहत माग गरेका छन् ।
बुढीनन्नदा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले नगरपालिकाका १देखि १० वटै वडामा रहेका प्रत्येक वस्तीमा सडक संजाल जोडिएकाले ति बस्ती समेत पहिरोको जोखिमा रहेको बताए ।
बस्तीहरुलाई अन्यत्र सार्न उपयुक्त ठाउँ नभएकाले पनि पानी आएका बेला निकै सास्ती हुने गरेको नगर प्रमुख गिरीले बताएका छन् । बस्तीबाट आएका मागहरुको अवस्था हेरी नगरकार्यपालिकाकाबाट राहत स्वरुप सामग्रीहरु उपलव्ध गराउने नगरपालिका तयार रहेको प्रमुख गिरीको भनाई रहेको छ ।
नगरपालिकाको पिपलडालीमा रहेका हलिया दलितबस्ती पनि पहिरोको उच्च जोखिममा रहेको छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइले हलिया बस्तीमा आएको बस्तीको अनुगमन गरी उनीहरुलाई क्षतिपुर्ति दिने भनिएपनि हालसम्म राहत नपाएको पहिरो पिडित बस्तीका स्थानीयहरुको गुनासो रहेको छ ।
जिल्लाका अधिकांश बस्तीहरुमा सडक संजाल जोडिएकाले पानी आएका बेला पहिरो जान सम्भावना भएकाले बस्ती नै जोखिममा रहेका छन् । जथाभावी रुपमा अध्ययन नै नगरी खनिएका सडकले पहिरो प्रत्येक वर्ष निम्त्याउदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार