बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभा सुरु, आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक

बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभा सुरु, आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक

  • मङ्लबार, असार ३१, २०७६
बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभा सुरु, आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक

बडीमालिका खवर
बाजुरा ३१ असार
बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभा सुरु भएको छ । समृद्ध बुढीगंगा,खुसी नगरबासीका लागि बलियो स्थानीय सरकार नाराका साथ नगरसभा संचालन भएको हो । आर्थिक वर्षको असार १० गते भित्र गाँउ तथा नगरसभा सम्पन्न गरिसक्ने निति भएपनि केही प्राविधिक कारणले ढिलो नगरसभा सुरु भएको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभयाो । आज नगरप्रमुख शाहले औपचारिक कार्यक्रमका बिच नगरसभाको उदघाटन गरि नगरसभा सुरु भएको हो । नगरसभमा बुढीगंगा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि तयार पारिएका कार्यक्रम सार्वजनिक गरिएका छन् । बुढीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषिलाई बिशेष प्राथमकिता साथ अगाडी बढाउने भएको छ । नगर सभामा उपप्रमुख तारा खातीले नेपाल एक कृषि प्रधान देश भएको र बाजुरा जिल्लाको करिब करिब त्यतीनै जनसंख्या कृषिमा नै आत्मनिर्भर भएकाले कृषिको कार्यक्रमलाई नै मुख्य प्राथमिकताका साथ अगाडी बढाइएको बताउनुभएको छ । निती तथा कार्यक्रममा नगरपालिकालाई समृद्ध बनाउनका लागि नगरका गौरवका योजना अघि सार्ने गरी कार्यक्रम ल्याइएको प्रमुख प्रशासकिय अधिकृत सुनिल ठकुल्लाले बताउनु भएको छ । नगरपालिकामा नगर बस संतालन सडक लगायतका गौरवका योजना अघि ल्याएको प्रकाशकिय अधिकृत ठकुल्लाले बताउनु भयो । उहाँले आर्थिक विकास निती अन्तरगत कृषिलाई आधुनिकिकरण गरी प्रधानमन्त्री कृषि आधुनिकिकरण गर्ने, पूर्ण रुपमा जलवायु अनुकुलन कृषि कार्यक्रम लगायतका कार्यक्रम रहेका छन् ।
त्यस्तै पशुपन्छी,सहकारी,उद्योग,रोजगार प्रर्वद्धन,गरिवी न्युनिकरण,पर्यटन,राजस्व संकलन र गुनासो सुनुवाई जस्ता निती तथा कार्यक्रममा समेटिएको छन् । कार्यक्रममा स्वास्थ्य,शिक्षा,विद्युत खानेपानी,संचार यातायात,न्याय बस्ती विकास वातावरण तथा विपद व्यवस्थापन,जलाधार संरक्षण फोहरमैला व्यवस्थापन कार्यक्रममा समेटिएका छन् । आज नगर सभामा ल्याएको निती तथा कार्यक्रममा संस्कृति प्रर्वद्धन,लैगिक समानता,सरकारी तथा गैर सरकारी संस्था निती तथा कार्यक्रम र खेलकुद तथा मनोरञ्जन समेत निती तथा कार्यक्रममा ल्याएको नगरपालिकाका प्रशासकिय अधिकृत ठकुल्लाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार