शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बहुक्षेत्रीय पोषण योजना सम्बन्धी जानकारी

बहुक्षेत्रीय पोषण योजना सम्बन्धी जानकारी

  • बुधबार, असार २५, २०७६
बहुक्षेत्रीय पोषण योजना सम्बन्धी जानकारी

बडीमालिका खवर
बाजुरा २५ असार
वडिमालिका नगरपालिका वडा नं ८ मा बहुक्षेत्रीय पोषण योजना सम्बन्धी समबन्धी जानकारी गराइएको छ । नेपाल सरकारकोद्धारा संचालित बहुक्षेत्रीय पोषण योजनाका बारेमा वडा नं ८ का जनप्रतिनिधि लगायत स्वयंसेविकहरुलाई जानकारी गराइएको छ । सुदुरपश्चिमको सबैभन्दा पिछडीएको जिल्ला बाजुरामा कुपोषण भएका बालबालिका प्रयाप्त मात्रा भएकाले न्युनिकरणमा सबैको भुमिका रहेको छ । अहिले नेपाल सरकारद्धारा संंचालित सो कार्यक्रमका बारेमा जिल्लाका सबै वडा तथा पालिकाहरुमा जानकारी दिने र प्रशिक्षण गर्ने कायृक्रम संचालन भैरहेको छ । हाम्रो देशमा हुने कुपोषण न्युनिकरणका लागि गाँउ तथा नगरका विभिन्न वडामा कार्यक्रम संचालन गर्दे आएको छ । कार्यक्रममा हाम्रो समाजमा कुपोषण बाहिर ल्याई निदानका लागि सबैले लाग्नुपर्ने, कुपोषण्को सर्वेक्षण गरेर नै पोषणका कार्यक्रम संचालन गर्नुपर्ने कुराको बारेमा कार्यक्रममा जानकारी गराइएहो छ । कुपोषणको मुख्य कारण बालबिबाह नै भएकाले बालबिबाहको अन्त्य गर्नु सबैले लागनुपर्ने देखिन्छ । वडामा विभिन्न कार्यक्रम संचालन गरी कुपोषण नियन्त्रण गर्न वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समिति गठन गरी कुपोषण नियन्त्रण गर्ने गरी कायृक्रम संचालन गर्ने बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका जिल्ला संयोजक नर बहादुर आउजीले बताउनुभएको छ । जसमा वडा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिने छ । कार्यक्रममा वडा अध्यक्ष प्रकाश रावलले कुपोषण न्युनिकरणका लागि सबैले विशेष गरी खानेकुरामा ध्यान दिन आवश्यक रहेकाले सकेसम्म आफैले उत्पादन गरेका खानेकुरा खान आग्रह गर्नुभएको छ साथै उहाँले कुपोषण नियन्त्रण गर्न वडा कार्यसमिति तदारुकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडा अध्यक्ष प्रकाश रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वडा सदस्यहरु, वडाका सवंसेविकाहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार