बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • यौन स्वास्थ्य
  • के तपाइलाई ग्यास्ट्रिक छ ? झुक्किएर पनि खाँदै नखानुस् यी खानेकुरा

के तपाइलाई ग्यास्ट्रिक छ ? झुक्किएर पनि खाँदै नखानुस् यी खानेकुरा

  • बिहिबार, असार १९, २०७६
के तपाइलाई ग्यास्ट्रिक छ ? झुक्किएर पनि खाँदै नखानुस् यी खानेकुरा

ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।

यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन :

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जानी राखौं

हाम्रो समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुन्छ । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ ।

अर्कोतिर युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि । किन ?

किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्षा पनि खोज्छ । सामाजिक सुरक्षा, आर्थिक सुरक्षा । युवतीहरु चाहन्छन्, हुनेवाला श्रीमान् परिपक्क होस् । कामको हिसाबले, उमेरका हिसाबले, सोच चिन्तनका हिसाबले, व्यवहार हिसाबले परिपक्क होस् । महिलाहरुमा सुषुप्त रुपले रहेको यही आकंक्षाले पनि उनीहरु आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध गाँस्न रुचाउँछन् ।

सायदै होलान्, श्रीमान् र श्रीमतीको उमेर बराबर भएको । धेरैजसो श्रीमतीको भन्दा श्रीमानकै उमेर बढी हुन्छ । तर, कति बढी ? यसको पनि कुनै सीमा छैन । कोही श्रीमान्-श्रीमती १ बर्षका जेठो-कान्छो हुनसक्छन् । कतिमा भने १० वा ११ बर्षको उमेर अन्तर हुनेगर्छ । यस किसिमको उमेर अन्तरले दाम्पत्य सुखमा केही असर गर्छ ?

किनभने विवाह एक यस्तो सम्बन्ध हो, जसमा श्रीमान् र श्रीमतीबीच खास तालमेल हुन जरुरी छ । नभए त प्रेमले जोडिएको यो सम्बन्धमा खटपट आउन सक्छ । अतः तालमेल मिलाउनका लागि उनीहरुको व्यवहार, कार्यशैली, ढंग, सोच, चिन्तन सबै कुरामा तालमेल मिल्नुपर्छ । अतः यस्तो कुरामा तालमेल मिल्नका लागि उमेर पनि जिम्मेवार हुन्छ ।

जस्तो एकजना परिपक्क र अर्को कच्चा छन् भने उनीहरुवीच खास तालमेल हुँदैन ।

जर्जिया एटलान्टाको एमोरी युनिभर्सिटीको अध्ययनकर्ताले यसै सम्बन्धमा एक अध्ययन गरेको थियो । त्यसमा तीन हजार दम्पतीले भाग लिएका थिए । उक्त अध्ययनको ध्येय थियो कि, के कारण दाम्पत्य जीवन लामो समयसम्म सुमधुर रहनछ । अध्ययनका क्रममा उमेर, जाति, पढाई, रोजगार, धर्म, आय, परिवारमा सदस्य संख्याको जानकारी लिइयो । यस किसिमको डाटाबाट अध्ययनलाई भरपर्दो बनाउनका लागि रिलेशनसिप र प्रेमको दृष्टिबाट निष्कर्ष निकाल्न सहज भयो । यो अध्ययन केवल यही कुरा पत्ता लगाउनका लािग गरिएको थियो कि के वास्तवमा सफल र लामो सम्बन्धका लागि पार्टनरबीचको एज ग्यापले कुनै अर्थ राख्छ ?

स्टडीलाई तीन हिस्सामा बिभाजन

यस स्टडीमा हासिल गरिएको जानकारीलाई तीन हिस्सामा विभाजन गरिएको थियो । पहिले, ति दम्पती जसको उमेर अन्तर एक बर्षभन्दा कम छ । यसरी उमेर अन्तर धेरै नहुनेको दाम्पत्य जीवन सुखमय हुन्छ । उनीहरुमा सम्बन्ध विच्छेद गर्ने संभावना अत्यान्तै कम हुन्छ ।

यसैगरी जुन दम्पतीको उमेर अन्तर पाँच बर्षको छ, उनीहरुको ब्रेकअप हुने संभावना १८ प्रतिशत रहन्छ । त्यसैगरी जुन दम्पतीको उमेर अन्तर १२ बर्षभन्दा बढी छ, उनीहरुको सम्बन्ध विच्छेद हुने संभावना अधिक रहन्छ ।

यसको निष्कर्ष के भने, दम्पतीबीच जति धेरै उमेर अन्तर हुन्छ उत्तिनै उनीहरुको सम्बन्धमा खटपट आउने र सम्बन्ध विच्छेद हुने संभावना बढ्छ । यसर्थ दाम्पत्य सुखका लागि श्रीमान् र श्रीमतीको उमेर अन्तर पनि कम हुनुपर्छ ।

तपाईंलाई कुनै युवतीले मन पराइरहेकी त छैन ? यी संकेतबाट थाहा पाउनुहोस्

केटीहरु स्वभावैले लजालु हुन्छन् । त्यसैले बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी-चोरी हेर्छन् । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् ।

यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन ?

हाँस्नु/मुस्कुराउनु

कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन । ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्रायः मुस्कानलाई नै हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइर्ंलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले, अब तपाईं पनि यो कुरा याद गर्नुस ।

कर्के नजरले हेर्नु

कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र, पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् ।

लुकी-लुकी हेर्नु

जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो ।

प्रत्येक गतिविधि याद राख्नु

यदी कुनै केटी तपाईका स-साना गतिविधि पनि याद राख्छन् भने बुझ्नुस् की उनको तपाइर्ंप्रति रुची छ । उनले तपाईलाई साच्चिकै मन पराउँछिन् र तपाईलाई बारम्बार हेर्ने गर्छिन् । त्यति मात्र हैन, उसले तपाईको बारेमा आˆना साथीभाईलाई समेत पक्कै बताउँछिन् । जसले गर्दा तपाईलाई केटीले मात्र हैन, उनका साथीहरुले पनि नोटिस गर्न थाल्छन् ।

बोल्दा अनुहार रातो हुनु

यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्, नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् ।

कति बेला गर्ने यौन सम्पर्क ? जानी राख्नुस

प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पुर्र्याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ ।

मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पुर्र्याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।

सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।

आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ ।

सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।

पुरुषहरुको यस्ता १० गुणहरुप्रति महिलाहरु आकर्षित हुन्छन्

धेरै पुरुषहरु महिलाहरुलाई कसरी आकर्षित पार्ने भनेर सोचिरहेको हुन्छ । तर उनीहरुलाई सहि तरिकाहरु थाहा नहुन पनि सक्छ ।
महिलाहरुले कस्ता गुण भएका पुरुषहरुलाई मन पराउछन भन्ने विषयमा धेरैजसो पुरुषहरुले ध्यान दिएको पाइन्छ । महिलाको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् पुरुषहरु ।

यही विषयलाई ध्यान दिएर वैज्ञानिकको टोलिले महिलाहरुले पुरुषमा चाहने गुणका बारेमा अनुसन्धान गरेका छन् ।अनुसन्धानबाट बैज्ञानिकहरुले पुरुषबाट महिलाले चाहने १०गुण पत्ता लगाउन सफल भएका छन् । उक्त अध्ययनमा वास्तविक जीवनमा पुरुषबाट आश गर्ने व्यवहारलाई ध्यान दिएर अध्ययन गरिएको थियो । यस्तो छ पुरुषका १० गुण जसले महिलालाई हुरुक्कै पार्ने गर्दछ ।

१. दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् । छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै सुन्दरतामा ध्यान दिन्छन् ।

२. हसाउने खालका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको धाराणा रहेको हुन्छ ।

३. नरम हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।

४. आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न महिलाहरु बढी रुचाउछन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी हुने उनीहरुको विश्वास छ ।

५. मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु एकदमै आकर्षित हुने गर्दछ ।

६. जे कुरामा पनि सहमति जनाउने खालका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

७.जो पुरुष जनावरहरुसँग खेल्न रुचाउछन् त्यस्ता पुरुषहरुलाई महिलाहरुले असल प्रेमीको रुपमा लिएको हुन्छ ।

८.रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्दछ

९. समस्यामा परेकाहरुलाई उद्धार गर्न तयार रहने र साहसिक काम गर्न रुचाउने पुरुषहरु महिलालाई मन पराउछन् ।

१०.लवाई खवाई र सम्पन्न व्यवहार देखिने पुरुषहरु महिलाको विशेष रोजाईमा पर्ने गर्दछ ।

पेट बढेर हैरान हुनुहुन्छ ? कसरी घटाउने ? अपनाउनुस यस्ता १० टिप्स

मोटोपना हरेक मानिसको समस्या बनिरहेको छ | यो समस्यालाई कम गर्न मानिसहरु घटक औषधिको प्रयोग गर्न समेत पछी नपर्ने गरेको पाइन्छ | तर हामीले यहाँ केहि घरेलु उपायहरु दिन गइरहेका छौ जसले तपाइको पेट घटाउन र मोटोपना घटाउन मद्दत गर्छ | हेर्नुस यी १० टिप्स:-

१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

२. बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

३. खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

४. शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

५. खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।

६. बिहानको खाना धेरै खादा फरक पर्दैन ।

७. खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

८. दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

९. यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ ।

१०. नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

– यसका अलावा पेट घटाउन नियमित व्यायाम पनि अनिवार्य गर्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार