बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • कर्णालि नदिमा फेरी बन्दै, ६ महिना भित्र यातायात सञ्चालन हुने

कर्णालि नदिमा फेरी बन्दै, ६ महिना भित्र यातायात सञ्चालन हुने

  • सोमवार, असार १६, २०७६
कर्णालि नदिमा फेरी बन्दै, ६ महिना भित्र यातायात सञ्चालन हुने

प्रकाश सिंह
बाजुरा, १६ बाजुरा
बाजुराको कर्णालीमा पारि रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा सड्क यातायातको पहुँचमा पुयाउनका लागि कर्णालि नदिमा फेरी निर्माण हुन लागेको छ । गाँउपालिकाले आफ्नै लगानिमा निर्माण शुरु गरेको छ ।
सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका हो । यो कर्णालि नदि पारि रहेको छ । गाँउपालिकालाई सड्क सञ्जाल जोड्नका लागि नदिमा फेरी निर्माणको काम शुरु भएको स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष चिरिन्जीबि शाहिले वताए । स्वामिकार्तिक खापर गाँउपालिका ४ सुईजिउला र जगन्नाथ गाँउपालिका १ पिलिचौरको बिचमा फेरि निर्माण हुन लागेको छ । फेरी मार्फत यातायातका साधान तार्ने काम गर्ने गरिन्छ । फेरी सञ्चालनमा आएपछि बर्षातका ३ महिना असार, साउन, भदौ महिना बन्द हुने बाकि महिना भने सञ्चालन भइरहने गाँउपालिकाले जनाएको छ ।
कर्णालि नदिमा यातायात सञ्चालन हुने पुल निर्माणका लागि धेरै लगानि आबश्यक पर्ने र अहिले त्यो सम्भाबना नभएकाले अहिले फेरि निर्माण काम शुरु गरेको अध्यक्ष शाहिले वताए । १ करोड ७४ लाखमा निर्माण हुन लागेको फेरि ठेक्का सम्झौता भएर ६ महिना भित्र काम सम्पन्न हुने गाँउपालिका निमित्त प्रशासकिय अधिकृत कुबेर शाहिले वताए । फेरि निर्माणको काम सुन्नदा मष्टेश्वरी निर्माण सेवा सँग सम्झौता भएको छ । निर्माण सेवाका प्रबन्धक बिनोद शाहिले भने ६ महिना भित्र काम गरि सक्ने सम्झौता रहेको छ, बर्षातले बाटो नबिगारेपछि यो अबधि भित्र सकिन्छ नभए अलि केही समय लाग्ने वताएका छन् ।
कर्णाली नदिमा फेरी निर्माण हुन लागेपछि स्थानिय बासि खुशि भएका छन् । गाडि चढ्न, सामान लिन, बोक्न पनि कर्णालि तर्नु पर्ने रहेको छ, फेरी बनेपछि यो बाध्यता टर्ने स्थानिय जयमैल ल्वारले वताएका छन् । फेरी सञ्चालन सँग स्वामिकार्तिक खापर गाँउपालिका सबै वडामा यातायात सञ्चालन पनि हुने गाँउपालिका अध्यक्ष चिरिन्जीबि शाहिले वताएका छन् । गाँउपालिकाको ३, ४, ५ मा वडा कार्यलय सम्म सड्क पुगि सकेको छ, भने १ र २ मा पनि चाडै सड्क पुयाएर फेरी सञ्चालन पछि वडा कार्यलयमा गाडि पुयाउने गाँउपालिकाले जनाएको छ ।
स्वामिकार्तिक गाँउपालिका नेपालकै सबै भन्दा बढि गरिब भएको गाँउपालिका हो । गरिब घर पहिचान बोर्डका अनुसार गाँउपालिकामा ७५ प्रतिशत रहेको छ । गाँउपालिका आर्थिक आयआर्जनमा निकै पछाडी रहेको छ । सड्क यातायात जोडिएपछि आर्थिक स्तर बढने स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार