सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • आजका पत्रपत्रिकाको मेन प्रिष्टमा के छ ?

आजका पत्रपत्रिकाको मेन प्रिष्टमा के छ ?

  • सोमवार, असार १६, २०७६
आजका पत्रपत्रिकाको मेन प्रिष्टमा के छ ?

काठमाडौं । राजधानीबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले रोपाइँदेखि आइफाको खर्चसम्मका विषयमाथि परिचर्चा गरेका छन् ।

नयाँ पत्रिकाले ‘आइफाको खर्च : कसलाई कति पर्छ ?’ शीर्षक दिएर नेपालमा हुने भनिएको इन्टरनेशसनल इन्डिया फिल्म अवार्ड (आईफा) मा लाग्ने खर्चको हिसाब निकालेको छ ।

नेपाली सैनिक मुख्यालयको खेलकुद मैदान अथवा सैनिक मञ्च टुँडिखेलमध्ये कहाँ आयोजना हुने निश्चित भएको छैन । तर आयोजकले सैनिक मुख्यालयको मैदानलाई रोजेर गएका छन् । समाचार अनुसार जुनसुकै ठाउँमा बनाए पनि अस्थायी स्टेज दुबईबाट आउनेछ । स्टेजको यातायात भाडा तथा प्रतिष्थापनबापत ४४ करोड रुपैयाँ आयोजकले नेपालसँग मागेको छ ।

नयाँ पत्रिकाका अनुसार, यसका लागि काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डले नगद दिने भएका छन् ।

६ सय कलाकारलाई पाँचतारे होटेलमा बस्ने प्रबन्ध गरिँदैछ । यसको जिम्मा होटेल एसोसिएसन नेपाल (हान) लाई दिने तयारी सरकारको छ । भारतबाट करिब ६ सय कलाकार र तिनका सहयोगी गरेर १५०० आउने छन् । कलाकार आउने र जाने हवाई खर्च व्यवस्थापन गर्न पर्यटन बोर्डले नेपाल वायुसेवा निगमलाई जिम्मा दिएको छ ।

नयाँ पत्रिकाका अनुसार, कलाकारहरु काठमाडौंमा उत्रिसकेपछि विमानस्थलबाट होटेलसम्म लैजाने र होटेलदेखि कार्यक्रमस्थलसम्म ल्याउन सुविधासम्पन्न गाडीको व्यवस्था गरिँदैछ । यसको सम्पूर्ण जिम्मा नाटा अटोमोबाइल्स डिलर्सलाई दिएको पर्यटन बोर्डको भनाइ छ ।

रोपाइँबारे मुख्य समाचार बनाएको कान्तिपुरले लुम्बिनी क्षेत्रबारे सर्वोच्चले गरेको फैसलालाई प्रमुखताका साथ आज समेटेको छ । समाचार अनुसार, सर्वोच्चले लुम्बिनी विकास कोष वरपरको १५ किलोमिटर क्षेत्रभित्रका सिमेन्ट कारखानासहित सबै उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएको छ ।

पुनर्निर्माणका प्राविधिकबाटै अनधिकृत रकम असुली भएको राजधानीले छापेको छ । भूकम्पपछिको पुनर्निर्माणको स्थलगत लगत संकलनका क्रममा खटिएका प्राविधिकबाट अनधिकृत रूपमा रकम असुली भएको दाबी उसको छ । त्यसरी अनधिकृत रूपमा रकम असुल्ने १९ कारवाहीमा परेको समाचारमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार