आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • गौमुल
  • गौमुल गाउपालिका भब्य कार्यक्रमका बिच साक्षर घोषण

गौमुल गाउपालिका भब्य कार्यक्रमका बिच साक्षर घोषण

  • शुक्रबार, असार १३, २०७६
गौमुल गाउपालिका भब्य कार्यक्रमका बिच साक्षर घोषण

पदमबहादुर सि‌ह
गौमुल १३ असार । बाजुरा जिल्लाको गौमूल गाउपालिकालाई एक भब्य कार्यबmमका विच साक्षर गाउपालिका घोषण गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिका घोषणा हुनेमा दोस्रो स्थानीय तह भएको छ । नेपाल सरकारको साक्षर नेपाल घोषण नीति बमोजिम गौमुल गाउपालिकालाई साक्षर गाउपालिका घोषण गरिएको गापिालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन् ।
गाउपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को बजेट नीति तथा कार्यक्रममा गाउपालिकालाई साक्षर घोषण गरिएको अध्यक्ष रोकायाले बताए । गाउपालिाकाका सबै वडाका १५ देखी ६० वर्षसम्म उम्मेर समूह भित्रका व्सिक्तहरुको नामनोसी सहितको तथ्यांक संकलन गरि गाउ कार्यपालिकाको बैठकमा तथ्यांक विश्लेषण गर्दां गाउपालिकामा रहेको कुल जनसंख्या १० हजार ६ सय ९५ रहेको छ । जम्मा जनसंख्यामा छ हजार २ सय ६६ जना साक्षर रहेकोले कुल जनसंख्याको ९६.२५ रहेकोले बताईएको छ ।

साक्षर घोषणको लागी अक्षर लेखपढ गर्न सक्ने,परिवारका सदस्यहरुको परिचय विवरण लेखपढ गर्न सक्ने, मोवाईल र क्याल्कुलेटर प्रयोग गर्न सक्ने , ० देखी ९ सम्माका अंक चिन्ह सक्ने, ० देखी १०० सम्मका अंक गणना गर्न सक्ने, लेददेनका हरहिसाव राख्न सक्ने, चित्र, पोष्टर,साईनबोर्ड र ट्राफिक संकेत बुझ्न सक्ने,सामाजिक कार्यमा सहभागीता दर्शाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भिब्े पात्रो हेरेर तिथिमिति बताउन सक्ने, बैंक भौचर भरेर चेक साट्न सक्ने १२ ओटा मापदण्ड नेपाल सरकारले निर्धारण गरेको छ ।
यी मापदण्ड मध्य ७ ओटा मापदण्डमा पुरा गरेकोले घोषण गरिएको गाउपलिकाकी उपाध्यक्ष सिता थापाले बताईन । गाउपालिकाले अवको नीति साक्षर गाउपालिका मात्र नभई स्वास्थ्य शिक्षित र समृद्ध गाउपालिका बनाउने परिकल्पना भने शिक्षामा सुधारको लागी गाउ शिक्षा योजना अगाडी बडाएको गाउपालिकाले बताएको छ । गाउपालिका भित्र निरक्षर रहेकाहरुलाई साक्षर बनाउन साक्षर कक्षा संचालन गरिने गाउपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।
गाउँपालिका भरीका बिद्यालयले शैक्षिक प्रस्तुती, देउडा तथा नृत्यहरु पनि प्रर्दशन गरेका थिए । साक्षर गाउँपालिकामा बसोबास गर्ने स्थानीय हुन पाउँदा आफुहरुलाई खुसी लागेको स्थानीयको भनाई रहेको छ । अभियानका वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य तथा कर्मचारी र गाउँपालिका भित्रका सामुदायिक विद्यालयले ठूलो भुमिका खेलेका थिए । खप्तड छेडेदह गाउपालिका जेठ २१ गते बाजुरा जिल्लाको पहिलो साक्षर गाउपालिका घोषण भएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार