सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • गौमुल
  • अन्द्राडीमा परिक्षणको लागि रोपिएको स्याउ एक बर्षमै फल्न सुरु

अन्द्राडीमा परिक्षणको लागि रोपिएको स्याउ एक बर्षमै फल्न सुरु

  • शनिबार, असार ७, २०७६
अन्द्राडीमा परिक्षणको लागि रोपिएको स्याउ एक बर्षमै फल्न सुरु

रमित बि.क.
असार,७ बाजुरा
गौमुल गाउँपालिका–१ अन्द्राडीमा परिक्षणको लागि रोपिएको स्याउँहरु फल्न थालेको छन् । गत चैत २४ गते परिक्षणका लागि रोपिएका स्याउँका विरुवाहरु फल्न सुरु भएका छन् । एग्रो मनाङ्ग प्रालि मनाङ्गबाट स्याउँ विरुवाहरु गाउँपालिकाकाले खरिद गरेर अन्द्राडीमा रोपिएका हुन् ।
गाउँपालिकाको भुगोल सुहाउँदो ठाउँमा स्याउँका बोटहरु रोपेर परिक्षण गरे पश्चात अन्द्राडीमा स्याउँ फल्न सुरु भएपछि केहीँ मात्रमा भएपनि आफुहरुले गरेको पहल कदमी सफल भएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । उहाँले अन्द्राडीमा राम्रो सित स्याउँ फलेपछि अन्य ठाउँमा पनि यसले निरन्तरता पाउने बताउनुभएको छ ।
निरन्तरको रेखदेख गोडमेल र थोपा सिँचाई जडान गरी पानी दिएपछि अब सफल भयौँ की ? भन्ने अनुभुत भएको कृषि शाखा प्रमुख रमेश बिकले बताउनुभएको छ । सो ठाउँको भुगोल अनुसार स्याउँका बोटहरु रोपिएका थिए । अन्द्राडीमा फरक–फरक जातका फुजी गाला र गोल्डेन जातका स्याउँ उत्पादन हुने भएका छन् । फुजी र गाला पोथी गोल्डेन पुरुष जातका स्याउँहरु उतm ठाउँमा फल्न थालेका छन् ।
स्याउँको सम्भाव्यता अध्ययनका लागि आफुहरुले गरेको प्रयास सार्थक भएको उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । हाल अन्द्राडीमा स्याउँका लागि परिक्षण गरिएको छ आगामी बर्ष अन्य वडामा पनि फरक–फरक जातका स्याउँहरुको परिक्षण गरिने उहाँले बताउनुभएको छ ।
अन्द्राडीमा अहिलेको बर्ष सुरुवात गरे संगै फल्न सुरु भएपछि स्थानीय खुसी भएका छन् । सधैँ स्याउँका लागि परनिर्भेर बाजुरा गौमुल गाउँपालिकाको अन्द्राडीमा फल्न थालपछि अब केहीँ भएपनि आतनिर्भेर बन्ने स्थानीय धन बहादुर बोहराले खुसी व्यतm गरेका छन् । स्याउँ उत्पादनले थप आफुहरुलाई परिश्रम गर्ने मिलेको स्थानीयको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार